विराटनगरमा यस्तो देखियो उभौली पर्व (फोटो फिचर सहित )

<span class='c1'>विराटनगरमा यस्तो देखियो उभौली पर्व</span> <span class='c2'>(फोटो फिचर सहित )</span>

प्रेम देवान/आवर विराटनगर डट नेट
विराटनगर १७ बैशाख ।
विराटनगरमा रहेका किरात समुदाय राई, लिम्बू, याक्खा, सुनुवार लगायत जातिले महान् चाडका रूपमा बैशाखे पुर्णिमा उभौली पर्व मनाएका छन् । किराती रीति र परम्परा अनुसार सोमबार साकेलाथान विराटनगरमा भूमिको पूजा गरी यो पर्व मनाएका हुन् । पृथ्वीमा कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ । उभौलीलाई समुदाय, ठाउ“ र भाषागत भिन्नता अनुसार विभिन्न नामले पुकारिन्छ । चाम्लिङले साकेला, वान्तावाले साकेवा, सुनुवारले फोलष्या“दर, लिम्बूले चासोक, दुमीले तोसी भन्ने चलन छ ।
अन्नबाली राम्रोस“ग सप्रियोस्, पानी परोस्, कीरा, फट्याँङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिउन्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाईने गरेको किरात राई यायोक्खा नगर कार्य समिती विराटनगरकी अध्यक्ष विष्णु राईले बताईन् ।
तराईमा गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, कीरा फट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाई सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको किरात धर्मका अगुवा विवी थुलुङ राईको भनाई छ । पूजा सम्पन्न गर्नका लागि कुखुरा, स“ुगुरको साथमा जा“ड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुका“ड लगायत सामग्री आवश्यक पर्छ”, थुलुङ राईलेले भने । पूजापछि थानकै वरिपरि सामूहिक रूपमा विभिन्न परम्परागत बाजा सहित नाच्ने गरिन्छ । नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुङ्गीको नक्कल, गरि नाच्ने चलन रहेको छ ।
उभौली पर्वमा जातीय पहिचान भल्काउने पहिरन लगाइन्छ । पुरुषहरू कालो कोट, खा“डीको कपडा, अल्लोको धागोबाट बुनिएको कपडाबाट निर्मित दौरासुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छर, सिन्कौली सेउली हल्लाउ“दै, ढोल, झ्याम्टा बजाउ“दै विराटनगरका युवा युवती छम्छमी नाचे ।
बिराटनगर–११ मा रहेको साकेला थानमा सबै किरा“त समुदायका सबै उमेरका आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए । चण्डी नाचमा किरा“त समुदाय मात्र नभई अन्य समुदायका के बाहुन के क्षेत्री, नेवार, साथमा मधेशी समुदायका युवा वर्गहरुको बाक्लो सहभागिता रहेको थियो । उभौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किरा“त राई यायोख्खा नगर परिषद विराटनगरका सचिव कुन्ता राईले जानकारी दिईन् ।
किरात जातिको बसोबास रहेका पूर्वी भागका खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बुु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा हर्षउल्लासका साथ यो पर्व १५ दिन सम्म मनाईने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्