अन्तर्राष्ट्रिय श्रमिक दिवस आज , विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

<span class='c1'>अन्तर्राष्ट्रिय श्रमिक दिवस आज ,</span> <span class='c2'>विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै</span>

काठमाडौँ । १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथि दमन गरिएको थियो । घटनामा दर्जनौं श्रमिकको ज्यान गएको थियो । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सधै सम्मान गरिने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरी प्रधानमन्त्री केपीशर्मा ओलीले पनि मजदुर दिवसको अवसरमा शुभकामना दिँदै श्रमिकलाई उचित श्रम मिल्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ ।मजदूर दिवसको उपलक्ष्यमा आज दिनु भएको एक सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको बताउनुभएको छ ।

नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका बताउँदै प्रधानमन्त्रीले नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्