बंगलादेशको बहुराष्ट्रिय कम्पनी प्रानको ‘लिच्ची जुस’ नेपालमा लोकप्रिय हुदै

<span class='c1'>बंगलादेशको बहुराष्ट्रिय कम्पनी प्रानको ‘लिच्ची</span> <span class='c2'>जुस’ नेपालमा लोकप्रिय हुदै</span>

गुणस्तरीय र स्वस्थबर्धक पेय पदार्थ उत्पादनमा विश्वमै प्रख्यात प्रान कम्पनीको प्रान लिच्ची जुस नेपालमा अत्याधिक रुचाईएको छ ।
पूर्णतयाः प्राकृतिक रुपमा तयार पारिएको प्रान लिच्ची युवा तथा बालबालिकाहरुले रुचाएको पाईएको हो ।

प्रान लिच्ची जुसमा प्राकृतिक पोषणलाई सुरक्षित गरिएकोले सबै उमेर वर्ग समुहले सेवन गर्न हुन्छ । नेपाल भित्रिएको छोटो समयमै प्रान लिच्ची जुस सेवन गर्ने उपभोक्ताहरुको पहिलो रोजाईमा परेको छ । सर्वसुलभ मुल्यमा बजारमा सजिलै उपलब्ध हुने प्रान लिच्ची जुसले उपभोक्तालाई बास्तबिक लिच्चीको स्वाद दिने गरेको छ ।
गर्मी याम बढेसँगै जुस सेवन गर्ने नेपालीहरुले प्रान लिच्ची जुस अत्याधिक रुपमा रुचाएका छन् । ग्राहकहरुमा प्रान लिच्ची प्रति यतिधेरै रुचि बढेको छ की, जुस भनेको प्रान लिच्चीमात्र हो भन्ने भएको छ ।

हाल नेपालमा प्रान लिच्ची चार फरक साईजमा उपलब्ध छन । प्रान लिच्ची १७०, २५०, ५०० र १००० एमएल साईजमा बजारमा उपलब्ध छ । प्रानको लिच्ची जुस व्गष्अभ ७ म्चष्लपक क्याटोगोरीमा उत्पादन गरिएको हो । नेपालमा प्रान लिच्ची ज्म्एभ् दयततभि ७ एभ्त् दयततभि मा उपलब्ध छ ।
प्रानले आफ्ना उत्पादनहरु अन्तराष्ट्रिय स्ट्याण्डर्डबाट उत्पादन, प्रसोधन र प्याकेजिङ गर्ने गरेकोले सुरक्षित, स्वस्थवर्धक र सबै उमेर समुहले खान योग्य रहेको छ ।
यी उत्पादनहरुमा कुनै पनि प्रकारको अखाद्य वस्तुहरुको मिसावट गरिएको छैन । यी वस्तुहरु बजारमा आउनुपूर्व नै अन्तराष्ट्रिय स्तरबाटै क्वालिटी चेक पास गरी पठाईएको हुन्छ ।
प्रानको लिच्ची जुसलाई एडवर्ड फूड रिसर्च एन्ड एन्जिसेज सेन्टर लिमिटेड (एएफसी) ले समेत प्रमाणित गरेकोले यो सबै उमेर समूहको लागि धेरै सुरक्षित र स्वस्थकर रहेको कम्पनीका माकेटिङ मेनेजर शशिम लामाले बताए ।
‘प्रानका कुनैपनि उत्पादनमा फर्मालिन प्रयोग गरिएको हुँदैन, लिच्ची जुसमा १० प्रतिशत पल्प (लिच्ची भित्रको सेतो भाग) को प्रयोग गरिएकोले प्राकृतिक लिच्चीको स्वाद पाईन्छ ।’ माकेटिङ मेनेजर लामाले भने । प्रान लिच्ची विश्वका १०० भन्दा बढि देशहरुमा उपलब्ध छ ।
अन्तराष्ट्रिय आईएसओ २००१ मान्यता प्राप्त प्रानका उत्पादनहरुले नेपाल सरकारको खाद्य तथा गुणनियन्त्रण विभागबाट समेत मापदण्ड पुरा गरेको छन ।
प्रानले १० प्रकारका सूचि अन्र्तगत ४ सय भन्दा बढी खाद्य उत्पादनहरू उत्पादन गर्दै आइरहेको छ । प्रानका उत्पादनहरु विश्वका १३४ देशहरुमा उपलब्ध छन् ।
प्रानले बंगलादेशमा सन् १९८१ बाट जुस उत्पादन थालेको थियो । २००८ बाट नेपालमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्राएको छ ।
प्रानका उत्पादनहरुले बंगलादेशको खाद्य वस्तु निर्यातमा ८० प्रतिशत हिस्सा ओगटेको छ । दक्षिणपूर्वि एशिया, गल्फ राष्ट्र मलेसिया, अमेरिका, अष्ट्रेलिया, अफ्रिकन राष्ट्रहरु तथा युरोपियन देशहरुमा अत्यन्त लोकप्रिय रहेको प्रान नेपाली बजारमा पनि लोकप्रिय हुँदै गईरहेको छ ।
प्रानले आफ्ना कुनैपनि उत्पादनको गुणस्तरीयतामा सम्झौता गरेको छैन । प्रानका हरेक उत्पादनहरु शतप्रतिशत सुरक्षित र स्वस्थकर रहेका छन् ।
गुणस्तरीय उत्पादन सर्वसुलभ मुल्यमा नेपालमै पाउन थालेपछि प्रानका उत्पादनहरुले छोटो समयमै नेपाली बजारमा राम्रो स्थान बनाउन सफल भएको कम्पनीका मार्केटिङ मेनेजर शशिम लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्