मोरङ जिल्ला अदालतमा ३३ सुनका २९ आरोपी ल्याउँदा यस्तो देखियो, एकै प्रकृतिका ब्यक्तिमा फरक मुद्दा

<span class='c1'>मोरङ जिल्ला अदालतमा ३३ सुनका २९ आरोपी ल्याउँदा</span> <span class='c2'>यस्तो देखियो, एकै प्रकृतिका ब्यक्तिमा फरक मुद्दा</span>

विराटनगर, १९ वैशाख ।  बुधवार ३३ किलो सुन काण्डको बिषय सबैको चर्चाको बिषय बन्यो । देशलाई नै कंगाल बनाउने गरी भएको सुन काण्डका नाईके चुडामणी उप्रेती गोरेलाई सघाउने प्रहरीका पुर्ब डिआईजी सहित बहालवाला एसएसपी, एसपी, डिएसपी सहित सईलाई अदालतमा मुद्दा दर्ता हुँदै थियो । त्यसैको रिपोर्टिङका लागि बिराटनगरका सबै पत्रकारहरु बिहानै १० बजे नै अदालत परिसरमा पुगि सकेका थिए । देश कै ध्यान सुन तस्करीमा केन्द्रित भएको बेलामा यसरी ३३ किलो सुन तस्करीको रिपोर्टिङकालागि सबै पत्रकारको समुह अदालत परिसरमा थिए । यो एउटा महत्वपुर्ण बिषय थियो । त्यही क्रममा पुगेका हामी पत्रकारहरु दिन भरी त्यही रिपोर्टिङ कै क्रममा थियौ । कहिले १२ बजे ल्याउँछ भनेर कसैले सुनाउँथ्यो अनी एकै छिनमा अर्को ब्यक्तिले भन्थे अहिले ल्याउँदैनन् अब ४ बजे पछि मात्र ल्याउँछन् । जसले जे भनेपनि हामीलाई उनीहरुको फोटो, भिडियो अनी त्यहाँको गतिबिधिको रिपोर्टिङ गर्नु थियो । त्यही क्रममा हामी थियौँ । तर दिउँसो ३ बजेर २५ मिनेट जाँदा मात्र अदालतमा ल्याईए, २९ जना सुन तस्करी तथा सनम शाक्य हत्याका अभियुक्त ।

अदालतको मुख्य गेट पस्चिमबाट ल्याईए प्रहरीका पुर्ब डिआईजी, बहालवाला एसपी र २ जना डिएसपी । उनीहरुलाई ल्याउँदा सहन शाक्यको शव बरामद हुँदा प्रयोग भएको गाडी बा१२च ५९६३ र सामान बोक्ने गाडी मे१ च ५३९५ को गाडीमा ल्याईएको थियो ।तर अन्य २४ जनालाई प्रहरीको मिनी ट्रक वान्टेनमा ल्याईएको थियो । उनीहरुलाई उच्च सरकारी वकिल कार्यालयको मुख्यद्धार पुर्बी गेटबाट अदालत प्रवेश गराईएको थियो । तर बहालबाला एसएएसपी दिवेश लोहनी कहाँबाट सिधै अदालतमा आईपुगे कसैले सुईँकोसम्म पाएनन् । 
कसैलाई हत्कडी कसैलाई चैन

सुन तस्करी तथा सनम हत्याको बिषयमा २९ जनालाई पक्राउ गरी अदालतमा मुद्दा चलाउन ल्याईएका मध्य पुर्ब डिआईजी गोबिन्द निरौला, बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल डिएसपी सञ्जय राउत, प्रजित केसीलाई बिना हत्कडी अदालतमा उपस्थित गराईएको थियो । तर सँगैका सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुप्रसाद खड्कालाई भने हत्कडी लगाएर अन्य अभियुक्त सरह हत्कडी सहित प्रहरीको मिनी ट्रक(वान्टन)मा ल्याईएको थियो ।
सबैलाई बाख्राको खोरमा हालेको जस्तै गरी अदालतको हिरासत कक्षमा भने एकै ठाएँमा राखियो ।

तर प्रहरी अधिकृतहरुको छेउमा अन्य अभियुक्तलाई राखिएको थिएन । अदालतमा उपस्थित गराइएका मध्य प्रहरीहरुलाई श्रेष्तेदारको कार्यकक्षमा लगेर सहीछाप गराईयो भने अरु अभियुक्तलाई हिरासत कक्षमै सही गराईएको थियो । उनीहरुलाई २ घण्टा १० मिनेट अदालतमा राखिएको थियो । त्यसपछि पहिलो चरणमा २९ जना मध्य २४ जनालाई निकालीएको थियो । त्यसको केही समयमा प्रहरीका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालयको एसपी र डिएसपी चढ्ने गाडीमा फर्काईएको थियो ।यसरी निस्किँदै गरेका सबै प्रहरीका निलम्बित अधिकृतहरु सरासरबाहिर निस्कीरहेका थिए । पत्रकारहरुले देखेर पनि अदालत परिसरमा फोटो खिच्न नपाएका एक ब्यक्ति दिवेश लोहनीको फोटो खिच्ने पर्खाईमा रहेका पत्रकारहरुले निस्कँदै गरेको फोटो खिच्न लाग्दा पत्रकारकार माथि नै आक्रमण गर्न थाले । मनलाग्दी गाली गर्दै क्यामेरा खोस्ने मुक्का प्रहार गर्ने तथा लात्तीले हान्नेसम्म भएपछि पत्रकारहरुले मौखिक प्रतिवाद गरेका थिए । पत्रकार सुमन सुस्केरा र धु्रब भट्टराईलाई लाती र मुक्का प्रहार गरेको थियो भने अनन्तराज न्यौपाने र अनील श्रेष्ठलाई पनि अपशब्द प्रयोग गर्दै गाली गरेका थिए ।

केसी र लोहनीको मुद्दा फितलो
३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्या काण्डका अभियुक्त प्रहरीहरुलाई नै फरक फरक मुद्दा दर्ता भएको छ । सुन तस्करमा संलग्न र सनम हत्याका प्रहरी भित्रका नाईके भनेर चिनिएका डिएसपी प्रजित केसी र एसएसपी दिवेश लोहनीलाई संगठित अपराधमा संलग्न सदस्यहरुलाई भगाउन सहयोग गरेको बिषयमा मुद्दा चलाईएको हो । तर अन्य प्रहरी अधिकृतहरुलाई भने सुन तस्करी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । एसएसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, पुर्व डिआईजी गोबिन्द निरौलालाई सुन तस्करी तथा संगठित अपराधमा मुद्दा चलाईएको हो ।तर डिएसपी प्रजित केसीसँगै सनम हत्याको घटनासम्म सँगै आएका बालकृष्ण सञ्जेललाई भने ४ वटा मुद्दा लगाईएको छ । उनलाई संगठित अपराध, कर्तब्य ज्यान, सुन तस्करी र शरीर बन्धक तथा अपहरण मुद्दा चलाईएको छ । उनीसँगै अन्य सबैलाई चारवटै मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्त पुण्य प्रसाद पाठकले बताए । यो मुद्दा पक्राउ पर्न बाँकी रहेका फरारीको हकमा समेत लागु हुने उनले जानकारी दिए । जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले प्रमाण बुझ्ने काम भएकोले भोली देखि बयान शुरु हुने जानकारी दिए । उनका अनुसार यो मुद्दाको थुनछेक बहसको लागि २५ गते सम्मको लागि सबै सकाउने गरी काम हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्