हत्कडी नलगाउँदाको परिणाम पत्रकारमाथिको आक्रमण (पत्रकार महासंघको यस्तो विज्ञप्ती)

<span class='c1'>हत्कडी नलगाउँदाको परिणाम पत्रकारमाथिको आक्रमण</span> <span class='c2'>(पत्रकार महासंघको यस्तो विज्ञप्ती)</span>

विराटनगर,२० वैशाख ।
३३ किलो सुन तस्करीमा संलग्न रहेको दिवेश लोहनीले पत्रकार माथि आक्रमण गर्नुको मुख्य कारण उनी आफ्नो मुख पत्रकार अगाडी देखाउन चाहँदैन थिए । उनलाई कसरी हुन्छ भागेर प्रहरीमा पुग्नु पर्ने थियो । तर अदालतमा ल्याईएको उनलाई कसरी हुन्छ पत्रकारहरु खोजी नै रहेका थिए । जब उनी मुख्य गेटबाट बाहिर निस्किए अनी उनी आक्रोशित मुद्रामा देखिन्थे । उनले कसैलाई पनि निको मानेनन् । उनले जो पत्रकार अगाडी देखिन्थे उसैलाई गाली गर्थे अनी नजिकै भएकाहरुलाई लात्ती र मुक्का प्रहार गरिहाल्थे । त्यसेको परिणती उनले पत्रकार सुमन सूस्केरा र धु्रब भट्टराई त्यसको सिकार भए । यसरी आक्रमण गर्दाको क्रममा उनीहरुलाई आक्रमण गर्दा लोहनी सहित एसपी विकासराज खनाल, पुर्व डिआईजी गोबिन्द निरौला, डिएसपीहरु सञ्जय राउत र प्रजित केसी सहितका प्रहरीका निलम्बित कर्मचारी पनि थिए । यी सबैलाई हत्कडी लगाईएको थिएन । अन्य अभियुत्तः सरह यी सबैलाई हत्कडी लगाउनु पर्नेमा यी आरोपी भएर पनि बहालवाला सरह नै सुबिधा दिईएको जस्तो देखिन्थ्यो । यिनीहरुलाई सादा पोसाकमा आएका मोरङका प्रहरी अधिकृतहरुले ल्याएका थिए । हत्कडी लगाएको भए मुक्का प्रहार गर्न सक्ने थिएनन् अनी पत्रकार माथि लाती हान्ने पनि आँट आउने थिएन । तर जसरी जिल्ला प्रहरी कार्यालयले फितलो रुपमा अदालतमा उपस्थित गरायो यसैको फाईदा लोहनीले उठाएको पत्रकारहरु बताउँछन् । प्रहरीका निलम्बित सई बालकृष्ण सञ्जेल सहितलाई नै हत्कडी सहित ट्रकमा केचेर ल्याउँदा उनीहरुलाई विना हत्कडी लगाएरु अदालत परिसरमा ल्याउँदा अदालतमा आएका अन्य सर्बसाधारण पनि छक्क परेका थिए । मोरङ एसपी अरुण कुमार बिसीको निर्देशनमा आफु भन्दा माथिल्लो तहका अधिकृतलाई हत्कडी नलगाउनु भन्ने थियो । त्यसैको आधारमा हत्कडी नलगाईएको एक प्रहरी अधिकृतले बताए ।

महासंघको बिज्ञप्ती
वैशाख १९ गते रिपोर्टिङका क्रममा जिल्ला अदालत मोरङ गएका संचारकर्मीमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । तस्करीको सुन गायव र सोही काण्डमा सनम शाक्यको हत्यामा मुछिएका नेपाल प्रहरीका निलम्बित एसएसपी दिवेश लोहनीले अदालत परिसर भित्रै रिपोटिङका क्रममा पुगेका नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार अनन्तराज न्यौपाने, कार्यसमिति सदस्य ध्रुव भट्टराईसहित पत्रकार अनिल श्रेष्ठ र सुमन सुस्केरालगायतलाई अश्लिल गाली गलौज गर्दै लात्ती प्रहार गरेको घटनाको भत्र्सना गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गम्भिर अपराध घटनामा मुछिएका अभियुक्तले अदालत परिसरभित्रै पत्रकारमाथि गरेको दुव्र्यवहार र आक्रमणको प्रयास प्रेस स्वतन्त्रता माथिको हमला हो, विज्ञप्तीमा भनिएको छ । सो निन्दनीय घटनाको घोर भत्र्सना गर्दै स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषणको वातावरण तयार गर्न र संचारकर्मीमाथि दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गर्ने अभियुक्त लोहनी माथि थप कारबाही गर्न सरकारसँग महासंघले जोडदार माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्