विराटनगरका वाढी पीडितको आक्रोश– ‘आफन्त र नातागोतालाईमात्र राहत बाँडियो’

<span class='c1'>विराटनगरका वाढी पीडितको आक्रोश– ‘आफन्त</span> <span class='c2'>र नातागोतालाईमात्र राहत बाँडियो’</span>

विराटनगर, २० वैशाख ।
राहत प्याकेजमा नाम नआएको भन्दै विराटनगर महानगरपालिका–५ का बाढीपीडित आन्दोलित भएका छन् । उनीहरुले सरकारले उपलब्ध गराएको राहत प्याकेजमा सबै पीडितको नाम समावेश नगरेको भन्दै वडा समितिको कार्यालयको मुख्यद्वारमा टायर बाली प्रदर्शन गर्दै तालाबन्दीसमेत गरेका हुन् । गत साउनमा आएको बाढीले घरबारविहीन बनाए पनि राहत प्याकेजमा वडाध्यक्ष मीनकुमार आचार्यले आफ्ना पार्टीका कार्यकर्ता र नजिकका मान्छेको नाममात्र सिफारिस गरेको भन्दै आन्दोलित भएका पीडितहरुले वडा कार्यालयमा कालो झण्डा पनि गाडेका छन् ।
स्थानीयस्तरबाट नाम संकलन गरेर लगेपनि वडाध्यक्ष आचार्यको मिलेमतोमा बाढीबाट क्षति नभएको व्यक्तिको नाम सिफारिस गरेको उनीहरुले आरोप लगाएका छन् । संकलन गरिएको आंशिक र पूर्ण क्षतिको विवरणमा एकै परिवारका चार जनाको नाम पूर्ण क्षतिमा राखेको तर वास्तविक पीडितको नाम नआएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
वडा नं ५ का बद्री राय अमातले बाढीले घर बगाउनुको साथै घरमा भएको सबै खाद्यान्न समेत नष्ट भएपनि राहत प्याकेजमा आफ्नो नाम नआएको बताए । वडाध्यक्ष आचार्यले राहत पाउने आश्वासन दिए पनि आफ्नो नाम नभएको तर क्षति नभएको व्यक्तिको नाम भने आएको उनले गुनासो गरे ।
राहतको पैसाले आएपछि घर बनाउने भनेर पर्खेर बसेको बताउँदै स्थानीय शकुन्तला मण्डलले भनिन– ‘मजदुरी गरेर घरव्यवहार चलाउनेकि घर बनाउने ? जनप्रतिनिधिकै कारण पीडितले राहत नपाएको उनले गुनासो गरिन् ।’
वडाध्यक्ष मीनकुमार आचार्यले आफूले कसैको नाम नहटाएको बताए । बाढीपीडितहरुले रकम पाउने थाहा भएपछि आफूले पाँच सय पीडितको नाम पठाए पनि आफूले पठाए अनुसारको कसैको नाम नआएको उनले बताए ।
टोल संगठनहरुले गरेको सिफारिसका आधारमा पूर्ण क्षति भएका बाढी पीडितहरुको नाम आएको उनले जानकारी दिए । टोल संगठनहरुले कतिको नाम सिफारिस गरे त्यसको नाम तथ्याङ्क आफूसँग नभएको बताउँदै उनले दुई सय ९६ जनाको नाम आएको सुनाए । बाँकीको नाम आंशिकमा रहेता पनि सबैले पूर्ण क्षतिमा नाम नआएको भन्दै आन्दोलित भएको उनले बताए । आन्दोलित भएका बाढी पीडितहरुले वडा कार्यालय पुगेका वडासदस्य सुदर्शन भट्टराईलाई घेरेका थिए ।

यसअघि पनि विराटनगर महानगरपालिका क्षेत्रका बाढीपीडितहरुले सरकारले उपलब्ध गराउने राहत प्याकेजमा आफ्नो नाम छुटेको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् । उनीहरुले महानगरपालिकामा गएर छुटेका सबैको नाम दर्ता गरी राहत उपलब्ध गराउन माग गरेका छन् ।

महानगरपालिकामा बाढीले पूर्ण क्षति भएका पाँच हजार चार सय ३७ जनाको नाम जनाएको छ । पूर्ण क्षति भएका परिवारका घर धनीलाई २७ हजार पाउने व्यवस्था गरिएको छ। विराटनगर महानगरपालिकाले पूर्ण क्षति भएकोहरुका लागि १३ करोड ७९ लाख रुपैयाँ आएको जनाएको छ । तर आशिंकाको नाम हालसम्म नआएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्