आज विराटनगरमा ‘हैरान च्यालेन्ज’ राष्ट्रिय प्रतिभाको खोजी हुदै, तपाईको प्रतिभा शिक्षादिपमा

<span class='c1'>आज विराटनगरमा ‘हैरान च्यालेन्ज’ राष्ट्रिय प्रतिभाको</span> <span class='c2'>खोजी हुदै, तपाईको प्रतिभा शिक्षादिपमा</span>

प्रेम देवान,
विराटनगर, २१ बैशाख । डान्स फिवरको व्यनरमा निर्मित नेपाली चलचित्र हैरानको प्रमोशनार्थ देशव्यापी आयोजना गर्न लागिएको ‘हैरान च्यालेन्ज’ राष्ट्रिय प्रतिभाको खोजी आज विराटनगरमा अडिन हुदैछ ।
चलचित्र हैरानकी कार्यकारी निर्माता सम्झना पोखरेलका अनुसार झापाबाट सुरु गरिएको अडिसन आज विराटनगमार हुन लागेको हो । आज विराटनगरमा हुने अडिसनकालागि शिक्षादीप कलेजमा अडिसन राउण्ड संचालन गरिने भएको छ ।
प्रतिभा भएर पनि अवसर नपाएका व्याक्तिहरुलाई यस कार्यक्रमले अवसर दिने पोखरेलले आवर विराटनगरलाई बताईन् । ८ बर्षदेखि २५ बर्ष उमेर सम्मका किशोर किशोरीको प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् । यस च्यालेन्जमा देशको अन्य भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान शुरु गरिदै छ ।
विराटनगर पछि २२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ , २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । उत्कृष्ट प्रतिभा भएका किशोर किशोरीले १ लाख नगद सहित डान्स फिवरको व्यानरमा निर्माण हुने चलचित्रमा अभिनय गर्ने मौका पाउने डान्स फिवरकी संचालक तथा कार्यकारी निर्माता पोखरेलले जानकारी दिईन्। साथै हरेक विधाका १५ उत्कृष्ठ विजेताले जनही १० हजार नगद र डान्स फिवरको व्यानरमा निर्माण हुने चलचित्रमा विधा अनुसारको अभिनय गर्ने मौका प्रदान गरिने छ ।
छनौट चरणमा प्रतियोगीले एउटा हैरानकै गितमा र अर्को आफुले नै छनौट गरेको गितमा २÷२ मिनेटमा आफ्नो प्रस्तुति दिईसक्नु पर्नेछ । प्रतियोगिताका निर्णायकको रुपमा गजित विष्ट, सागर लम्साल (बले) नायिका आरोही शर्मा, हास्य कलाकार निर्माण शर्मा सौगात विष्ट , भारतीय कलाकार ओसिम राजा रहेका छन् ।
आगामी जेठ ४ देखि देशभरीका सबै सिनेमा घरहरुमा एक साथ चलचित्र हैरान प्रर्दशन गर्नेगरी तयारी थालिएको हो । ७ वर्ष ३ य ४० दिनको उमेरमा नेपाली सेनामाको निर्देशन गरेर गिनिज बुक अफ बर्ड रेकर्ड बनाएका सौगात बिष्टको हैरान दोस्रो चलचित्र हो । सौगातले लभ यु बाबा पहिलो नेपाली चलचित्रको निर्देशन गरेका थिए । हैरान नेपाली कथामा आधारित नेपाली सिनेमा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्