सवारी बन्द गर्ने बुटवल र हेटौंडाका यातायात व्यवसायीहरु प्रहरी नियन्त्रणमा

<span class='c1'>सवारी बन्द गर्ने बुटवल र</span> <span class='c2'>हेटौंडाका यातायात व्यवसायीहरु प्रहरी नियन्त्रणमा</span>

काठमाडौं । सार्वजनिक सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई पक्राउ गर्ने सरकारले निर्देशन दिए लगत्तै यातायात व्यवसायीहरु पक्राउ पर्न थालेका छन् ।

बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात क्षेत्रमा हड्ताल गरेर कानुन उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको सूचना थाहा पाएको संघका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताउनुभयो ।

यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।

नारायणी यातायातका अध्यक्षसहितका पदाधिकारीको खोजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

देशभर अहिले यातायात व्यवसायीले गरेको बन्दका कारण यात्रुहरु मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्