सुन प्रकरण- मोरङ जिल्ला अदालतमा आरोपी पाँचजनाको बयान सकियो

<span class='c1'>सुन प्रकरण-  मोरङ जिल्ला</span> <span class='c2'>अदालतमा आरोपी पाँचजनाको बयान सकियो</span>

विराटनगर, २१ वैशाख  ।  जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने कार्य सम्पन्न भएको छ । जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान कार्य सम्पन्न भएको र एक जनाको आइतबार बयान लिने कार्य हुने स्रेस्तेदार नवराज दुलालले बताउनुभयो ।
यसरी बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, नरेन्द्र कार्की, मदनप्रसाद घिमिरे, राजनकुमार र मोहन काफ्ले रहेका छन् । निजमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचारी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ ।
यस घटनामा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएकामध्ये छ जनाको बयान कार्य बिहीबारदेखि शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्