उदयपुर सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान

<span class='c1'>उदयपुर सामुदायिक वन क्षेत्रमा केही</span> <span class='c2'>दिनदेखि मनपरी रूख कटान</span>

गाईघाट, रासस । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ ।

जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा आदेश प्राप्त भन्दा मनपरी अन्य सगल रूख कटान गरेको पाइएको हो ।

जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले आफूहरुले प्रत्यक्ष अनुगमन गर्दा २६६ दशमलब ४४ क्युफिट काठ कटान भएको पाइएको बताए । वन उपभोक्ता समितिका केही पदाधिकारीसहित अन्यको पनि छानबिन गरेर जिल्ला वन कार्यालयमार्फन अदालतमा केही अभियुक्तविरुद्ध मुद्दा चलाउने तयारी भएको सहायक वन अधिकृत यादवले बताए ।
वन उपभोक्ता समितिका अध्यक्ष मेखबहादुर भट्टराईले केही व्यक्तिले निर्देशनविरुद्ध रूख कटान गरेको हुनाले सम्बन्धित अभियुक्तलाई कारबाही गर्न आफूहरुले सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्