नेपाल खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण

<span class='c1'>नेपाल खुला विश्वविद्यालयमा</span> <span class='c2'>विद्यार्थीको आकर्षण</span>

काठमाडौं । नेपालमै पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण देखिएको छ । विश्वविद्यालयमा पहिलो ब्याचको लागि झण्डै ६ सय जनाले इन्ट्रास परीक्षा दिएका छन् ।  त्यस्तै, २५ हजार २६३ भिजिटर रहेको विश्वविद्यालयले जनाएको छ ।

खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माले पहिलो ब्याचको लागि फारम भर्ने विद्यार्थी संख्या ७ सयभन्दा बढी रहेको बताउँदै विभिन्न कुरा नमिलेर झण्डै १ सय बढी विद्यार्थीलाई भर्ना लिन नसकिएको जनाकारी दिए । पहिलो पटकमै यत्तिको संख्यामा विद्यार्थीको आकर्षण चित्तबुझ्दो रहेको उनको भनाइ छ । उपकुलपति शर्माले वैशाख २३ गते भर्ना र कक्षा सञ्चालन मितिको सूचना निकाल्ने जानकारी दिए । भर्नाका लागि दुई हप्ता छुट्याइएको र भर्ना सकिनेबित्तिकै संचालन हुने उनले बताए ।

खुला विश्वविद्यालयले इन्टरनेटको माध्यमबाट अध्ययन–अध्यापन गराई डिप्लोमादेखि पिएचडीसम्मको डिग्री दिने भएको छ । उपकुलपति शर्माले प्राध्यापकहरुलाई अनलाइन माध्यमबाट पढाउने, कक्षा संचालनलगायत तालिम दिने काम भर्खरै सकेको जानकारी दिए । १२ कक्षा पास भएका जो पनि खुला विश्वविद्यालयमा भर्ना हुन पाउनेछन् ।

हाल तीनवटा संकाय– व्यवस्थापन, कानुन संकाय र सामाजिकशास्त्र तथा शिक्षा संकाय स्थापना भएका छन् । यी संकायबाट साधारण विषयदेखि इन्जिनियरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने शर्माले जानकारी दिए । विज्ञान, स्वास्थ्य र प्रविधि संकाय पनि स्थापना हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्