पर्सामा स्थानीय र प्रहरीबीच झडप , २० राउण्डभन्दा बढी हवाई फायर

<span class='c1'>पर्सामा स्थानीय र प्रहरीबीच झडप ,</span> <span class='c2'>२० राउण्डभन्दा बढी हवाई फायर</span>

काठमाडौं । पर्सामा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा ५ जना घाइते भएका छन् । मदिरा सेवन गरेर एउटै मोटरसाइकलमा सवार ४ जना भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा स्थानीयको टोली इलाका प्रहरी कार्यालय सेढुवा पुगेपछि झडप भएको हो ।

स्थिति अनियन्त्रित भएपछि प्रहरीले २० राउण्डभन्दा बढी हवाई फायरसमेत गरेको छ । प्रहरीले भारतको बेतिया जिल्ला भंगहाका बजरंगी गौरो, रामप्रवेश गौरो, विष्णु भर गौरो,  दिनदयाल महतोलाई चेकजाँचका क्रममा मापसे गरेको र एउटै मोटरसाइकलमा सवार रहेको पाएपछि नियन्त्रणमा राखेको थियो । गोली चलेको पुष्टि प्रहरी प्रवक्ता मनोज नेउपानेले गरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्