गर्भ जाँच गराउने महिलालाई अन्डा उपहार !!

<span class='c1'>गर्भ जाँच गराउने महिलालाई</span> <span class='c2'>अन्डा उपहार !!</span>

स्याङ्जा/ स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने महिलालाई भिरकोट नगरपालिकाले अन्डा वितरण गर्दै आएको छ ।

गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अन्डा वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताए ।

‘गर्भवती महिला नियमित स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने एउटा उद्देश्य हो,’ नगर प्रमुख खनालले भने, ‘पौष्टिक आहाराको कमी हुनबाट बचाई आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु आफ्नो दायित्व ठानेर यो अभियान सञ्चालन गरेका हौं ।’

गर्भवती महिलाले पहिलो परीक्षण अवधि तीन महिनादेखि प्रत्येक महिनामा जाँच गराउन आउँदा प्रत्येकपटक एक क्यारेट अन्डा स्वास्थ्य संस्थाबाटै तत्काल दिने व्यवस्था नगरपालिकाले मिलाएको छ ।

‘भिरकोट नगरपालिकाभित्रका गर्भवती महिलाले नगरभित्रकै स्वास्थ्य संस्था वा अन्य नगरका पायक पर्ने स्वास्थ्य संंस्थामा गएर गर्भ जाँच गराउन सक्नुहुन्छ,’ नगर प्रमुख खनालले भने, ‘उहाँहरूले पायक पर्ने अर्को स्वास्थ्य संस्थामा जाँच गराएको कार्ड लिएर आउनुभए पनि अन्डा प्रदान गर्दछौं ।’

गर्भवती महिलाले पहिलोपटक गर्भ जाँच गराउने अवधि तीन महिनादेखि सुत्केरी हुँदासम्मको अवधिलाई पुग्ने गरी प्रत्येक महिना गर्भ जाँच गरेका आधारमा अन्डाको क्यारेट प्रदान गर्दै आइरहेको भिरकोट नगरपालिका–१ का अध्यक्ष एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताए । भिरकोट नगरपालिकामा हाल एउटा सहरी स्वास्थ्य क्लिनिक र नौवटा स्वास्थ्य चौकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्