आफैले आफैलाई गोली हान्न लगाउने श्रीनिवास आचार्यको १० दिन म्याद थप

<span class='c1'>आफैले आफैलाई गोली हान्न लगाउने श्रीनिवास</span> <span class='c2'>आचार्यको  १० दिन म्याद थप</span>

विराटनगर २५ बैशाख । हिन्दु धर्मगुरु श्रीनिवास आचार्यलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद  थप गरिएको छ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्यलाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा  अनुसन्धान गर्न म्याद लिएको हो ।
मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरिएको बताए । जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दामा आरोप प्रमाणित भएमा १ बर्ष कैद १ लाख रुपैयाँ जरिवाना या दुबै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

धर्म गुरु आचार्यलाई हिजो सोमबार काठमाडौस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरी विराटनगर ल्याइएको थियो । उनी भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका थिए । गोली काण्डमा प्रक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए ।

हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन र हिन्दूवादीहरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए । आचार्यको योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले दिएका छन् । गत चैत २५ गते विराटनगरको जतुवामा शौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्