बालविवाह गरिरहेका एक जोडी मण्डपबाटै पक्राउ

<span class='c1'>बालविवाह गरिरहेका एक</span> <span class='c2'>जोडी मण्डपबाटै पक्राउ</span>

दाङ  । पश्चिम रुकुमको मुसिकोट नगरपालिकामा बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् ।

बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुईजनालाई मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । मुसिकोट नगरपालिका–१० का १७ वर्षीय बालक र नगरपालिका–९ की १६ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेपछि विवाह रोकिएको छ । उनीहरु दुवैलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ । प्रहरीको सक्रियतामा जिल्लामा योसहित १६ वटा बालविवाह रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्