बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी यस वर्ष पनि बेलायतको शैक्षिक भ्रमणमा जाने 

<span class='c1'>बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी यस वर्ष</span> <span class='c2'>पनि बेलायतको शैक्षिक भ्रमणमा जाने </span>

बिराटनगर , बैशाख २७ ,

बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थी यस बर्ष पनि बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन्  । बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ । यस बर्ष पनि कलेजका २ जना बिद्यार्थी बेलायतको समर क्याम्प २०१८ को लागि जाने भएका छन्। कलेजमा बेलायतको बिबिएम कोर्ष पढाई हुदै आएको छ ।

बिद्यार्थीलाई विश्वविद्यालयले छानेर १५ दिने बेलायत भ्रमणको लागि लगिने कलेजका एकेडेमिक निर्देशक डा. दिब्येश चन्दले बताए । चन्दका अनुसार उनीहरुले त्यहाँ छदा अन्य देशबाट आएका बिद्यार्थीहरु सहित विश्वविद्यालयमा बिभिन्न कक्षा लिनुको साथै अन्य  देशका बिद्यार्थीसंग पनि छलफल गर्नेछन्  ।

बिभिन्न अभ्यासबाट छानिएका २ बिद्यार्थीहरु श्रावन ६ गते देखि २० गते सम्मको बेलायतको शैक्षिक भ्रमणमा जाने कलेजले जानकारी दिएको छ । साथै उक्त छात्रवृत्तिको सम्पूर्ण बिद्यार्थी छनोट प्रक्रिया बेलायती विश्वविद्यालयले नै गर्ने कलेजले जनाएको छ । बिद्यार्थीहरुको उक्त भ्रमणको सम्पूर्ण खर्च कलेज र विश्वविद्यालयले नै प्रदान गर्नेछ । उक्त शैक्षिक भ्रमणले बिद्यार्थीहरुको आत्मबल, क्षमता र अन्तरास्ट्रिय अनुभब बढाउने कलेजले अपेक्षा राखेको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं . मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्