मोरङ वडी विल्डिङ सघमा कर्ण

<span class='c1'>मोरङ वडी विल्डिङ</span> <span class='c2'>सघमा कर्ण</span>

विराटनगर ५ जेठ ।
मोरङ वडी विल्डिङ संघको नयाँं कार्यसमिति गठन भएको छ । नेपाल फेडेरेसन अफ वडी विल्डिङ एण्ड फिट्नेसको आयोजनामा शनिबार विराटनगरमा अमलेश कर्णको अध्यक्षतामा २१ सदस्य समिति गठन भएको हो ।
मोरङ जिल्लाका क्लब र पुराना खेलाडीलाई समेटेर नयाँ समिति गठन भएको हो । जसको उपाध्यक्षमा दिपक तिम्सिना र उमेश कार्की, महासचिव नविन विक्रम शाह , सचिव प्रभाकर राना मगर, कोषाध्यक्ष सुरज मिश्रा र सह कोषाध्यक्षमा किशोर पोखरेललाई चयन गरिएको छ ।
कार्यसमितिको सदस्यहरुमा सागर ढुंगेल, भोगेन्द्र भट्टराई, गणेश नेपाली, नवनितराज प्रधान, रियाज कुरैशी, प्रदीप भुजेल र बिजय शाहलाई चयन गरिएको छ ।
यस्तै श्याम साह, एन्जल खड्का, संजिवकुमार राय, अशोक खड्का, योगेश श्रेष्ठ, प्रजु श्रेष्ठ र विमला सुवाललाई पनि सदस्यमा चयन गरिएको छ । ९ जनाको कार्यसम्पादन समिति गठन गरी मोरङ जिल्ला भित्र रहेका सबै क्लबलाई समेटेर चाँडै कोच तालिम सञ्चालन गराईने नवनिर्वाचित अध्यक्ष कर्णले जानकारी दिए । कार्यक्रममा आयोजक संस्थाका शिव लामिछाने, सल्लाहकार राजभक्त प्रधानाङ्ग, भाइस प्रेसीडेन्ट रणबहादुर थेबे, पुर्व मोरङ अध्यक्ष सुरेश भट्टराई लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्