कोशी अस्पतालका भेन्टिलेटर बन्द, विरामी महँगा अस्पतालमा (कोशी सुधार अभियान )

<span class='c1'>कोशी अस्पतालका भेन्टिलेटर बन्द, विरामी महँगा</span> <span class='c2'>अस्पतालमा (कोशी सुधार अभियान )</span>

प्रेम देवान,
विराटनगर ६ जेष्ठ । विरामी सिकिस्त भएर कोशी अञ्चल अस्पतालमा पुग्दा त्यहाँ आबस्यक पर्ने अति संवेदनशिल भेन्टिलेटर नहुँदा विरामी अप्ठेरोमा पर्न थालेका छन् । उनीहरु उपचारको लागि कोशी अञ्चल अस्पताल भर्ना भएपनि सेवा पाउन नसक्दा महँगा अस्पताल धाउनु पर्ने बाध्यतामा पुग्न थालेका छन् ।
कोशी अञ्चल अस्पतालमा २ बर्ष अगाडीमात्र विरामीको लागि भेन्टिलेर ल्याएको थियो । करोडौँ मूल्यमा ल्याएको भेन्टिलेटर चालु नगर्दा विरामीहरु निजी तथा महङ्गा अस्पतालमा जान वाध्य भएको विरामीका आफन्त गुनासो गर्छन् ।
सरकारी अस्पतालमा कम खर्च हुनेहुँदा प्रायः विरामी कोशी अञ्चल अस्पतालमा जाने गर्छन् । तर अस्पतालमा भएको भेन्टीलेटर बिग्रिएर थन्किएको लामो समय भईसक्दा पनि बनाउने बारेमा चासो नदिँदा बिरामी महँगो मुल्यमा बाहिरका अन्य अस्पतालमा जानु परेकोे पब्लीक फोरमका संयोजक उत्तम ढुङ्गेलले बताए । अस्पतालमा भेन्टिलेटर नभईदिदा वाध्य भएर अन्य निजी अस्पतालमा गएर पैसा फाल्न वाध्य हुने सर्बसाधारण धेरै रहेको ढुंगेल बताउँछन् ।
कोशी अञ्चल अस्पतालमा जम्मा ६ वटा भेन्टिलेटर मध्ये २ वटा मात्र चालु अबस्थामा छन् । कोशी अञ्चल अस्पतालको नवाजात शिशु आकस्मिक सेवा (एनआईसियू)मा १, आईसियू वार्डमा ३, र अप्रेशन कक्षमा २ वटा रहेको छ । अप्रेशन कक्षका बाहेक अन्य कुनै पनि भेन्टिलेटर चल्दैनन् ।
कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले भेन्टिलेटरमा जडान गर्नुपर्ने सेन्टर सप्लाई अक्सिजन पाईपमा समस्या भएका कारण भेन्टिलेटर नचलाईएको प्रतिक्रिया दिए । ‘हामीले नेपाल सरकारको स्वास्थ्य विभागलाई पटक – पटक जानकारी गराएका छौ यद्यपी विभागले पनि कुनै सुनवाई गरेको छैन ।’ उनले भने, बजेट नआउँदा मर्मतको लागि समस्या छ, अब बजेट आउने बितिकै बनाउने तयारी छ ।’
बनाउने बारेमा पटक पटक अधिकारवादी संघ संस्थाहरुले यस बारेमा ध्यानाकर्षण गरेको भएपनि अस्पताल प्रशासनले चासो दिएको छैन । कोशी अञ्चल अस्पताललाई ब्यवस्थित गर्नको लागि सामाजिक विकास मन्त्री जीवन घिमिरे सहितको टोलीले एक महिना अघि देखि नै छलफल थालेको भएपनि अस्पताल प्रशासन यो बारेमा निरिहता प्रकट गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्