सुन तस्कर र हत्याको पक्ष लिएर प्रदेश सांसद न्यायाधिशको ईजलाशमा

<span class='c1'>सुन तस्कर र हत्याको पक्ष</span> <span class='c2'>लिएर प्रदेश सांसद न्यायाधिशको ईजलाशमा</span>

विराटनगर, ७ जेठ ।
एक नम्बर प्रदेश सभा सदस्य लिला बल्लभ अधिकारीले आफ्नै नेतृत्वमा बनेको समितिले तयार पारेको नियमावलीको उल्लंघन गरेका छन् । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पक्राउ परेकाहरुको पक्षमा बहस गर्दै अधिकारी आफ्नै नेतृत्वमा बनेको प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली २०७४ को भावना बिपरित उभिएका हुन ।
जिल्ला अदालत मोरङको ईजलाशमा जारी थुनथके बहसमा आईतवार प्रतिवादी नेपाल प्रहरीका निलम्बित सई बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बहस गरे । बहुचर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको सरकारवादी मुद्दामा सांसद समेत रहेका अधिकारीले प्रतिवादीको पक्षमा बहस परेपछि उनी विवादमा तानिएका हुन् । राज्य संचालनको ३ अंग कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका एक अर्काका लागि कानुन कार्यान्वयन र बिधिको शासन सिकाउने संस्थाका रुपमा स्थापित निकाय हुन् ।यी सबैको एक अर्कामा ब्यालेन्स भुमिका देखिन्छ । सरकारवादी मुद्दामा ब्यवस्थापिका संसदका सदस्य नै प्रतिवादी पक्षमा बहसमा उत्रिनु अश्वभनिय र नैतिकता बाहिरको बिषय बनेको न्यायीक क्षेत्रका जानकारहरु बताउँछन् । बहसका क्रममा राम्रो काम गर्ने प्रहरीलाई फसाउन खोजिएको बताए ।
माथिल्लो निकायबाट आएको निर्देशन बमोजिम प्रहरी अधिकारी पक्राउ गर्न आउँदा सञ्जेललाई फसाईएको अधिकारीको जिकिर छ । प्रदेश नम्बर १ को प्रदेश सभा बैठकमा केही दिन अघिको शुन्य समयमा बोल्दै सांसदहरुले सुन तस्करी र हत्यामा संलग्नलाई पक्राउ गरी कडा कार्वाहीको माग राखेका थिए । तर त्यही सांसदका एक जना सदस्य भने त्यही घटनासँग जोडिएका ब्यक्तिको पक्षमा बहस गर्न झोला बोक्दै पुगे ।
कानुन ब्यवसायी अधिकारी प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट मोरङ क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र २बाट निर्वाचित भएका थिए । कानुन ब्यवसायी अधिकारी कै नेतृत्वमा गठित समितिले प्रदेश सभा नियमावली तयार पारेको थियो । नियमावलीको नियम १७८ (ख) मा समाजमा विद्यमान सार्बजनिक नैतिकता र आचरण अनुकुलको ब्यवहार सदैब गर्ने लेखिएको छ । भने सोही नियमावलीको नियम १८० मा आचरण अनुगमन समिति गठन गर्ने ब्यवस्था छ । तर प्रदेश सभाले आचरण अनुगमन समिति गठन गरेको छैन । अधिकारीले अदालतमा बहस गरेपछि समिति गठन गर्ने समेत नैतिक दवाव बढेको छ ।
आईतवारसम्म ५४ जना प्रतिवादी तर्फका वकिलहरुले प्रतिरक्षा गर्दै बहस गरेका छन् । आईतवारमात्र ८ जना कानुन ब्यवसायीले प्रतिवादीको पक्षमा बहस गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्