विराटनगरमा राष्ट्रिय पर्व कटौतीको विरोधमा मुस्लिम संघको प्रर्दशन ( भिडियो सहित)

<span class='c1'>विराटनगरमा राष्ट्रिय पर्व कटौतीको विरोधमा मुस्लिम</span> <span class='c2'>संघको प्रर्दशन ( भिडियो सहित)</span>

विराटनगर ७ जेठ । नेपाल मुस्लिम संघ मोरङले आफूहरुको राष्ट्रिय पर्व कटौती गरेको भन्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले विभिन्न छ बुँदे माग राख्दै विराटनगरमा सोमबार प्रदर्शन गरेका हुन् । मुस्लिम समुदायले केपी ओली नेतृत्वको सरकारले मुस्लिम समुदायको महान पर्वको सार्वजनिक विदा कटौती गरेको भन्दै सरकार विरुद्ध नाराबाजी समेत गरे ।
विराटनगरको मुख्य बजार बि–प्लटबाट सुरु भएको र्यालीले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । धर्म–निरपेक्षता सम्बन्धित संवैधानिक व्यवस्थाको विपरीत ओली नेतृत्वको वर्तमान सरकारले मुस्लिम समुदायको पर्वको विदा कटौती गरे सरकार विरुद्ध प्रर्दशन गरिएको मुस्लिम अगुवा सलिम अन्सारीले बताए ।
सरकारले धर्म निरपेक्षताको धज्जी उडाएको भन्दै कटौती गरेको विदाको निर्णय तत्काल फिर्ता गर्नुपर्ने मुस्लिम समुदायले माग गरिरहेका छन् ।
मुस्लिम संघले मुस्लिमको पर्व इद, बकरइद, हजरत मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने, मुस्लिमहरुले सदियौंदेखि भोगचलन गर्दै आएको कबरस्थानलाई कबरस्थानकै नाममा दर्ता गर्नुपर्ने, राज्यका हरेक निकायमा मुिस्लम समुदायको सहभागिताका लागि छुट्टै क्लस्टरको व्यवस्था गर्नुपर्ने, मदरसा शिक्षालाई राष्टिय मूलधारमा ल्याउन र व्यवस्थित गर्न अधिकार सम्पन्न राष्टिय मदरसा बोर्डको गठन गर्नुपर्ने, संवैधानिक मुस्लिम आयोग गठन गर्नुपर्ने लगायतका माग उनीहरुको छ ।

https://youtu.be/urQOHmLCCZE

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्