विराटनगरको भन्सार ९ बजे संचालन गर्ने बारेमा विवाद

<span class='c1'>विराटनगरको भन्सार ९ बजे</span> <span class='c2'>संचालन गर्ने बारेमा विवाद</span>

विराटनगर ८ जेठ ।
विराटनगर भन्सार कार्यालयले डेढ महिना अघ देखि ९ बजे पछि कार्यालय संचालन गर्ने निर्णय गरेको भएपनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । भन्सारमा अन्तीम समयमा हुने भिडभाड कम गर्न गरिएको उक्त निर्णय कार्यान्वयन गर्न कर्मचारी बाधक बनेको ब्यापारीले आरोप लगाएका छन् ।

भन्सार कार्यालय भने ब्यापारीको बानी नै ढिलो गर्ने लागेको कारण उक्त निर्णय लागु गर्न नसकिएको बताउँछन् । बिराटनगर भन्सार कार्यालय आसपासको क्षेत्रमा भिडभाड र ट्राफिक जाम बढेको छ । भन्सार कार्यालयको यार्ड सानो हुँदा मालबहाक ट्रक र सवारी साधन भन्सार कार्यालय देखि बिराटनगर जुटमिलको खाली जग्गासम्म लाम लागेका छन् ।

भन्सार कार्यालयले यस्तो चाप हटाउनको लागि बिहान ९ बजे नै एक लर्ट गाडीको चेकजाँच सक्ने र पुन: दिउँसो अर्को लर्ट चेकजाँच गर्दा भिडभाड हट्ने अपेक्षा सहित ९ बजे देखि नै कार्यालय खोल्न थालेका थिए । उक्त निर्णय कार्यान्वयन हुन अझै सकेको छैन । भन्सार कार्यालय ब्यापारीको बानीको सुधार नआएसम्म उक्त निर्णय कार्यान्वयन हुन नसक्ने देखिएकाले आबस्यक छलफल र परामर्श गरिरहेको जनाएको छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले  निर्णय कार्यान्वयनमा ब्यापारी नै बाधक भएको बताई रहँदा ब्यापारी भने भन्सारकै ढिलासुस्तीले यस्तो भएको बताउँछन् । मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले क्लीयरिङ एजेन्ट नआएका कारण भन्दापनि भन्सार कार्यालयकै कारण सो निर्णय कार्यान्वयनमा ढिलाई भएको बताए । भन्सार कार्यालयकोे परम्परागत सोचका कारण समस्या आएको उनको भनाई छ । ब्यापार संघका अध्यक्ष सारडाले भिडभाड हटाउनका लागि एकिकृत जाँच चौकी (आईसिपी) निर्माणमा तदारुकता अपनाउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्