वडा अध्यक्षको सिफारिसमा भारतीय नागरिकको नेपाली नागरिकता

<span class='c1'>वडा अध्यक्षको सिफारिसमा भारतीय</span> <span class='c2'>नागरिकको नेपाली नागरिकता</span>

विराटनगर, ८ जेठ ।
रंगेलीमा बसेर मानव तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक भारतीयसँग नेपाली नागरिकता रहेको पाईएको छ । भारत कुर्सकुट्टा डोवाबडी १३ घरभई रंगेली नगरपालिका ८ दर्बेसा स्थीत ठुलोबुबाको घरमा बस्दै आएका मुजफ्फर हुसैनले नेपाली नागरिकता प्रमाणपत्र बनाएको पाईएको छ । वडा अध्यक्षको संलग्नतामा नेपाली नागरिकताको प्रमाणपत्र बनाएको श्रोतले जनाएको छ ।
हुसैनले रंगेली नगरपालिका वडा नम्बर ८ दर्बेसाबाट आफ्नो ठुलोबुवा अबहुल सकर मियाँको छोरा अनावारुल मियाँलाई बाबु बनाएर नागरिकता बनाएको रहस्य खुलेको हो । भारतको सन् २०१८ को विधान सभा र लोकसभा निर्वाचन नामावलीमा मतदाता रहेका मुजफ्फर हुसैनले रंगेली नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष ढकप्रसाद आचार्यको सिफारिसमा राजा मियाँ नामबाट नागरिकता बनाएका छन् । बिहार राज्यले सन् २०१८ जनवरी १० तारिखमा प्रकाशित गरेको निर्वाचन नामावलीमा हुसेनको यु.एक्स.बि.१३८०५१८ नम्बरको निर्वाचन मतदाता परिचय पत्र रहेको छ । ३० बर्षका उनको सो परिचय पत्रमा उनको बाबुको नाम मोहम्मद हासिम उल्लेख रहेको छ ।
उनले अररिया जिल्ला अन्तरगत सिक्टी विधानसभा र लोकसभा निर्वाचनका लागि कुर्साकट्टा प्रखण्ड अन्तरगत उत्क्रमित मध्यबिद्यालय डौवाबाडी मतदान केन्द्रमा मतदान गर्ने गरेको पाईएको छ । हुसैनले ईलाका प्रशासन कार्यालय रंगेलीबाट ०५०२७४÷०४७६२ नम्बरको नागरिकता प्रमाणपत्र लिएका छन् । २०७४ साल माघ १७ गते नेपाली नागरिकता लिएका हुसैनले उनले आफ्नो जन्ममिति २०५४ साल भदौ २३ गते उल्लेख गरेका छन् । हुसैनले आफ्नो नागरिकतामा आफ्नो ठुलोबुबाको छोरा आनाबारुल मियाँलाई बाबु बनाएर नागरिकता बनाएका हुन ।
नेपालमा राजा मियाँबाट नागरिकता प्राप्त गरेका मुजफ्फर हुसैनका बास्तबिक बाबु मोहम्मद हासिम हुन् । उनी भारतमा नै बस्दै आएका छन् । हुसैनको रंगेली ८ मा ससुराली रहेको छ। उनी पछिल्लो समय ससुरालीमा नै बसेर काम गर्ने गर्थे । हुसैनले आफ्नो दाजुलाई बाबु बनाएका आनाबारुल मियाँ अहिले दिल्लीमा बस्सदैअ ाएका छन् भने उनको ठुलोबुबा रंगेली ८ मै बस्छन् ।
ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संजिववावु खड्काका अनुसार हुसैनमाथि झुठा बिवरण पेश गरी नेपाली नागरिकता बनाएको उजुरी परेको र सो सम्बन्धमा छानविन भईरहेको बताए । उद्घोष दैनिक बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्