काठमाडौं । डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको एनआईसी एशिया बंैक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा रू. १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुविधायुक्त रुपमा ग्राहकले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै डिजिटल भुक्तानी प्रणाली अन्तर्गत यस्ता सुविधाहरुलाई भबिष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको जनाएको छ ।