विराटनगरमा जारी नाट्य उत्सव, आठौ दिनसम्ममा ६३ वटा नाटक मञ्चन

<span class='c1'>विराटनगरमा जारी नाट्य उत्सव, आठौ</span> <span class='c2'>दिनसम्ममा ६३ वटा नाटक मञ्चन</span>

विराटनग, ११ जेठ ।
सुमेरु कला सरोवरको आयोजनामा आरोहण गुरुकुल विराटनगरमा जारी अन्तर विद्यालय नाटक उत्सव २०७५ को आठौ दिनसम्ममा ६३ वटा नाटक मञ्चन भएका छन् । आयोजक सुमेरु कला सरोवरका अध्यक्ष सुवलमणी सापकोटाका अनुसार दश दिन सम्म सञ्चालन हुने उत्सवको आठौ दिन सम्म ६३ वटा विद्यालयहरुले फरक फरक नाटक मञ्चन गरेका हुन् । सुमेरु कला सरोवरले एक सय ८ वटा विद्यालयलाई तालिम दिएको थियो । ती मध्ये ८५ वटा विद्यालयले नाटक मञ्चन गर्दैछन् ति मध्ये ६३ वटा बिद्यालयको नाटक सकिएको आयोजकले जनाएको छ ।
शुक्रवार पनि नौ वटा विद्यालयहरुले नाटक मञ्चन गरेका छन् । मनकामना सेकेन्डरी बोडिङ स्कुल विराटनगरका विद्यार्थीले छोरी माथीको लगानी ल्याउछ सुनौलो बिहानी, राष्ट्र निर्माण सेकेण्डरी बोडिङ स्कुल रतुवामाईका विद्यार्थीले यथार्थ नाटक मञ्चन गरेका थिए । त्यस्तै मोरङ पब्लिक स्कुल बुढिगंगाका विद्यार्थीले एकता, आदर्श माध्यमिक विद्यालय रंगेलीका विद्यार्थीले दरबार, लेटाङ ग्रीन भ्याली एकेडेमीले मेरो कथा, अरनिको बोडिङ स्कुल विराटनगरका विद्यार्थीले ब्लाक डे, सत्यनारायण माध्यमिक विद्यालयका विद्यार्थीले सतमार्ग र खुसी नाटक मञ्चन गरे । त्यस्तै हरैचा मोडेल स्कुलका विद्यार्थीले मेरो कुरा कस्ले सुन्छ र मिनरवा सेकेण्डरी वोडिङ स्कुल लेटाङले नाटक मञ्चन गरे ।
आठौ दिनको नाटकको उद्घाटन गर्दै निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याप्सनका केन्द्रिय सल्लाहकार टिकाराम पुरीले नाटकलाई शिक्षास“ग जोडर विकास गर्दै लैजाने बताए । अन्य विधा जस्तै नाटकको पनि अध्यापन गराउनु पर्ने बताउदै उनले आफ्नो विद्यालयमा नाटक अध्यापन सुरु गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्