प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत फेला

<span class='c1'>प्रेमीसँग घुम्न आएकी युवती</span> <span class='c2'>होटलमा मृत फेला</span>

नुवाकोट, जेठ १४ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा फेला परेकी छिन् ।

काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म नउठेपछि सँगै आएका उनका प्रेमी ३१ वर्षका लवटले प्रहरीलाई खबर गरेका थिए । घटनाको सम्बन्धमा प्रहरीले लवट र होटल सञ्चालक बद्री गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्