काठमाडौं । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा जोडिएका चुडामणि उप्रेती गोरेले नेपालमा थाई एयर र फ्लाई दुबईमार्फत सुन आउने गरेको बयान दिएका छन् ।
जिल्ला अदालत मोरङमा उनले दिएको बयानमा भनेका छन्– वास्तवमा थाई एयरको विमानबाट नेपालमा सुन आएको थियो । सुन साढे ३३ किलो थियो । सो सुन तोकिएको स्थानमा लैजाने क्रममा लुटिएको कुरामा कुनै विवाद छैन । सुन कसले लुटेको हो भन्ने विषय हालसम्म रहस्यमा नै छ । सुन बोक्ने भरिया सानु बनसमेत मरिसके । सुन इन्डियन मानिसको हो । सुन मालिक मैले चिनेको छैन । सुन नेपालबाट स्थलमार्ग हुँदै भरिया परिवर्तन गर्दै इन्डिया जान्थ्यो ।”
उनले बयानमा सानु बनले नै विमानस्थलको सबै काम गर्ने बताएका छन् ।
“सानु बनले सुन बाहिर ल्याउँथे । सानु बनले प्रतिकेजी ३५ हजार भुक्तानी पाउँथे । जहाजको ट्वाइलेटमा राखेर ल्याएको सुन जहाजको सिढीमा बनाएको प्वालमा छिराइ ह्याङगर हुँदै सानु बनमार्फत बाहिर आउने हो । एयरपोर्टभित्र स्टाफको काम बाँडफाँडको व्यवस्थापन सानु बनले नै गर्थे । सबै मलाई थाहा छैन”
उनले थाई एयर र फ्लाई दुबईमार्फत नेपालमा सुन आउने गरेको बयान दिएका छन् ।