प्रदेश २ : तत्कालीन एमाले र माओवादी केन्द्रले सरकारलार्इ दिएकाे समर्थन फिर्ता

<span class='c1'>प्रदेश २ : तत्कालीन एमाले र</span> <span class='c2'>माओवादी केन्द्रले सरकारलार्इ दिएकाे समर्थन फिर्ता</span>

जनकपुर । दुई नम्बर प्रदेश सरकारलाई विश्वासको मत दिएका तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका छन् । तत्कालीन यी दुर्इ पार्टी एकीकरण भर्इ नेपाल कम्युनिस्ट पार्टी बनेपछि प्रदेश २ काे संसदमा नेकपा सबैभन्दा ठूलाे पार्टी समेत बनेकाे छ ।

प्रदेश सरकारका सय दिनको उपलब्धि शून्य रहेको, प्रतिपक्षीको मानमर्दनसमेत गरिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणक्रममा आफूहरुलाई वेवास्ता गरिएको भन्दै एकीकृत पार्टी नेकपाबाट प्रतिनिधित्वि गर्ने सांसदले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

बजेट अधिवेशन सुरु भएको पहिलो दिन आइतबार तत्कालीन दुवै दलका संसदीय दलका नेताले दलगत धारणा राख्दै लालबाबु राउत नेतृत्वको सरकारलाई समर्थन फिर्ताको निर्णय गरिएको प्रदेशसभालाई अवगत गराएका थिए ।

मुख्यमन्त्री राउतले बोल्न समय मागेलगत्तै नेकपाका सांसदले विरोध सुरु गरेपछि बैठक अबरुद्ध भएको थियो । नेकपाले समर्थन फिर्ता लिए पनि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको संयुक्त सरकारले बहुमत गुमाउने छैन ।

एक सय ७ सदस्यीय प्रदेशसभामा तत्कालीन एमालेका २१, माओवादी केन्द्रका ११ गरी कुल ३२ सांसद र कांग्रेसका १९  सांसद छन् । जेठ ३ गते कांग्रेसलाई प्रमुख विपक्षी दलको रुपमा मान्यता दिएपछि तत्कालिन एमाले र माओवादी केन्द्रले विरोध गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्