विराटनगरमा कार्यक्रम गर्दै बर्जर पेन्ट्सले दियो ‘रेनो क्विड कार ‘ झापाका न्यौपानेलाई

<span class='c1'>विराटनगरमा कार्यक्रम गर्दै बर्जर पेन्ट्सले दियो</span> <span class='c2'>‘रेनो क्विड कार ‘ झापाका न्यौपानेलाई</span>

विराटनगर, १४ जेठ ।
बर्जर पेन्ट्सले आफ्नो सफल प्रबद्र्धनात्मक योजना रंग म्याजिकल अन्र्तरगत पुर्वाञ्चलका विजेताहरुलाई बम्पर प्राइज र नगद उपहार प्रदान गरेको छ। विराटनगरको जेनियल होटलमा एक कार्यक्रमको आयोजना गरी बम्पर प्राइज विजेता राम प्रसाद न्यौपानेलाई रेनो क्विड कारको साँचो प्रदान गरिएको छ । यस्तै प्रथम, द्वितीय र तृतीय हुनेलाई उपहार सहित नगद प्रदान गरिएको बर्जर कम्पनीले जनाएको छ ।
उपहार स्वरुप क्रमशः निता निरौलाले नगद १ लाख, पंकज खरेलले ५० हजार, फाती कुमार राईले २५ हजार प्राप्त गरेका छन् । त्यस्तै रामप्रसाद रोका, चन्द्र देवकोटा, देवराज भण्डारी, राजेश राई, र सोम बहादुर खड्काले सान्त्वता उपहार स्वरुप नगद १०–१० हजार प्राप्त गरेका छन् ।  यी बाहेक अन्य क्षेत्रका विजेतालाई पनि नगद उपहार बितरण गरीएको बर्जरका मार्केटिङ म्यानेजर ज्ञानु सिग्देलले जानकारी दिए ।
यस योजनामा ४ हजार ४ सयभन्दा बढी घरधनीहरुको सहभागीता जनाएको उनले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । भाग्यशाली बिजेताहरुको योजनादुत अभिनेता अनुप बिक्रम शाहीले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम कल कान्तिपुरमा लाईभ लक्की ड्र मार्फत चयन गरी न्यौपानेलाई कार परेको थियो ।
अहिले बर्जर पेन्ट्स्ले नपाली बजारको ३३ प्रतिशत बजार आफुले ओगटेको दाबी गरेको छ । आज भन्दा १७ बर्ष पहिला देखि नेपालमा भित्रीएको बर्जर पेन्ट्ले आफ्नो बजार थप बलिायो बनाउनको लागि बिभिन्न योजनाहरु ल्याई रहेको सिग्देलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्