विराटनगरका पसलमा आन्तरिक कार्यालयको अनुगमन, ३७ पसललाई ठाउँको ठाउँ कार्वाही

विराटनगरका पसलमा आन्तरिक कार्यालयको अनुगमन, ३७ पसललाई ठाउँको ठाउँ कार्वाही

विराटनगर, १५ जेठ ।
आन्तरिक राजश्व कार्यालयले बिराटनगर बजार भित्रका पसलको अनुगमन शुरु गरेको छ । पसलमा करपाटी नराख्ने, लेखा प्रणाली अध्याबधिक नगर्ने, बिक्री बिजक जारी नगरी सामान बेच्ने आदी प्रबृती नरोकिएपछि आन्तरिक राजश्व कार्यालयले बजार निरिक्षण गरी कार्वाही शुरु गरेको हो । कार्यालयले एकै दिन ३७ पसलेलाई कार्वाही गरेको छ । विराटनगरको मेनरोड भित्रका पसलको छड्ने निरिक्षण गरी दोषी भेटिएकालाई कार्वाही गरिएको प्रमुख कर अधिकृत दिलिप गौतमले बताए । निरिक्षणको क्रममा करपाटी नराख्ने पाँच पसललाई कार्वाही गरिएको छ । ति पसलहरुबाट पसलै पिच्छे १ हजार जरिवाना गरिएको छ । लेखा अध्यावधिक नराख्ने ६ वटा पसललाई पनि जरिवाना गरिएको छ ।
कानुन अनुसार ति पसललाइ १० हजार जरिवाना गर्नुपर्ने हुँदा ६ वटै पसललाई १० हजारका दरले जरिवाना गरिएको थियो । त्यस्तै तोकिएको ठाउँमा करपाटी नराख्नेलाई पटकै पिच्छे १ हजार जरिवाना गर्नुपर्ने कानुनी ब्यवस्था छ । बिक्री बिजक जारी नगर्ने ४ पसलाई ५ हजारका दरले जरिवाना गरिएको छ । त्यस्तै प्यान नम्बर नलिईकन कारोवार गर्ने पसललाई १० हजार जरिवाना गरिएको प्रमुख कर अधिकृत गौतमले बताए । खातापात नदेखाउने ब्यपारीलाई ३० हजारसम्म जरिवाना गरिने कानुनी ब्यवस्था छ । कार्यालयले स्थलगत अनुगमन गरी जरिवाना लिने गरेको छ । अरुबेला आन्तरिक राजश्व कार्यालयको ध्यान मेन रोडको पसलहरुमा मात्र केन्द्रीत हुने गरेकोमा अब भित्री भागका पसलहरुमा पनि छड्के जाँच शुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्