विराटनगर, १६ जेठ ।
गणतन्त्र दिवसको अवसर पारेर बिराटनगरमा बिभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा आज बिहान बिरामीलाई फलफुल बितरण गरिएको छ । देशमा गणतन्त्र स्थापना भएको ११ बर्ष पुरा भएको अबसरमा एक नम्बर प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा कोशी अञ्चल अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको हो ।
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिरामीलाई फलफुल बितरण गर्दै उनीहरुको अबस्थाको बारेमा समेत जानकारी लिएका थिए । मन्त्री घिमिरेले विरामीको सम्मानका लागि कोशी अञ्चल अस्पतालको बेडमा उपचार गराईरहेकाहरुलाई गणतन्त्र दिवसको सन्दर्भमा फलफुल बितरण गरिएको जानकारी दिए ।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले तिन दिनसम्म बिभिन्न कार्यक्रम गरी दिवस मनाईएको जानकारी दिए । १४ गते मुख्यमन्त्री शेरधन राई सहितका मन्त्री र सुरक्षा अधिकारीहरुले संयुक्त रुपमा सुरक्षा स्टीकर टाँस्ने काम शुरु भएको, १५ गते दिपावली सहितको कार्यक्रम गरी मनाईएको र आज (१६) गते कोशी अस्पतालका सबै बिरामी तथा जेष्ठ नागरिकलाई फलफुल बितरण गरिउको प्रजिअ आचार्यले जानकारी दिए ।