“सफल हुन इमान्दारिता र लगनशीलता आवश्यक पर्छ ” – युवा उद्योगी सन्तोष चौधरी

<span class='c1'>“सफल हुन इमान्दारिता र लगनशीलता आवश्यक पर्छ</span> <span class='c2'>” – युवा उद्योगी सन्तोष चौधरी</span>

बिराटनगर जेठ १७, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रममा युवा उद्योगी सन्तोष चौधरीसंग युवाहरुले अन्तरक्रिया गरेका थिए। उनले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलता र अनुभब बारे सुनाएका थिए । उनले कसरी आफ्नो सानो ब्यापार र सोचबाट आज उद्योगी बन्न सफल भएको भनि सुनाएकाे थिए । एसएलसी सकेपछी बुवाको पसलमा बसेको पछि पैसा जम्मा गरी सिडी र डिभिडी किनेर ब्यापार सुरु गरेको उनले सुनाए ।

कार्यक्रममा उद्योगी चौधरीले आफ्नो व्यक्तिगत र व्यावासायिक जीवनमा प्राप्त अनुभव सुनाउनुभएको थियो । विराटनगरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा चौधरीले जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्न इच्छाशक्ति, धैर्यता, इमान्दारिता र लगनशीलता आवश्यक पर्ने बताउनुभयो । उहाँले कुनै व्यक्तिमा धैर्यता भएन भने सफलता प्राप्त नहुने दाबी गर्नुभयो । उद्योगी चौधरीले आफ्नो जीवनमा पनि कयौं उतारचढाव आएको बताउँदै धैर्यता र आत्मबलकै कारण अहिलेको अवस्थासम्म आइपुगेको सुनाउनुभयो ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्