विराटनगरमा नयाँ एसपीको हुँकार ‘विगमा के भयो थाहा छैन मेरो कार्यकालमा गलत हुन दिन्न’

<span class='c1'>विराटनगरमा नयाँ एसपीको हुँकार ‘विगमा के भयो</span> <span class='c2'>थाहा छैन मेरो कार्यकालमा गलत हुन दिन्न’</span>

प्रेम देवान
विराटनगर, १७ जेठ । जिल्ला प्रहरी कार्यलय मोरङमा भर्खरै सरुवा आएका प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले शान्ती सरक्षा र शुशासनलाई सुन्य सहनसिलतामा पुर्याउने बताएका छन् । जिल्ला प्रहरी कार्यलय मोरङमा बिहीबार आयोजित पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक केसीले मोरङ मातहतका प्रहरीलाई स्वच्छता र इमान्दारी बताउने दाबी गरे ।
एसपी केसीले महानगरपालिका, नगरपालिका तथा गाउपालिकालाई लक्षित गरी सुुरक्षा रणनिति तयारी भईरहेको जानकारी दिए । उनले सिमानाका, राजमार्ग क्षेत्र तथा सुुरक्षाको संवेदनशिल स्थानलाई मध्यनजगर गरी सुुरक्षा रणनिति तयारी भइरहेको बताए ।
‘गलत काम गर्नेलाई कार्वाहीमा कुुनैपनी सम्झौता हुँदैन, उनले भने, ‘दवाव र प्रभावमा नपरी गलत काम गर्नेलाई मेरो तर्फबाट छुट हुँदैन ।’ सुुरक्षा व्यवस्था सुद्धिढ वनाउन वनाउने अभियानमा आफुु निरन्तर लागि रहने भन्दै उनले त्यसका लागि संचारकर्मीहरुको साथ र सहयोग आवश्यक रहेको वताए।
चुुरे दोहन नियन्त्रणका लागि सक्रिय भएर लाग्ग्ने उनकोे भनाइ थियो । एसपी केसीले स्थानिय तह, जिल्ला समन्वय समितिको के प्रावधान छ भन्ने भन्दापनी प्राकृतिक श्रोतसाधन प्रयोग गर्ने ट्रिपर तथा ट्याक्टर पक्राउ गर्न आफुुले प्रहरी युुनिटलाई निर्देशन दिइसकेको वताए । अनाधिकृत रुपमा प्रयोग भएका त्यस्ता सवारी साधनलाई जिल्ला समन्वय समितिमा वुुझाउन थालिसकेको जानकारी दिए ।
एसपी केसीले भन्छन् , ‘विगतमा के भयो मलाई थाहा छैन, तर अव म रहुुन्जेल कुुनैपनी हालतमा गलत काम हुुन दिन्न ।’ महानगरपालिका लगायत मोरङ जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुुस्त दुुरुस्त वनाउने समेत बनाउने मेरो दायित्व हो । त्यस्तै सर्वसाधारण सेवाग्राहीसंग घूस बापत पैसा लिने प्रहरीको फोटो सहितको सबै विवरण जिल्ला प्रहरी कार्यालय मोरङको सूचना पाटीमा राखेर सार्वजनिक गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्