अपडेट : पाल्पामा बस दुर्घटना – १२ को मृत्यु ,१५ घाईते , मृतकको संख्या अझै बढ्न सक्ने

<span class='c1'>अपडेट : पाल्पामा बस दुर्घटना – १२ को मृत्यु</span> <span class='c2'>,१५ घाईते , मृतकको संख्या अझै बढ्न सक्ने</span>

पाल्पा । पाल्पाको तानसेनबाट रामपुर जांदै गरेको यात्रुवाहक बस दुर्घटनामा परि १२ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १५ जनाको उद्दार गरिएको छ ।

लु २ ख ९७५ नम्बरको बस पाल्पाको हुमिन धारापीमा दुर्घटना भएको हो । मृतकको संख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रविण आचार्यले जानकारी दिनुभएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्य सवार बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज र मिशन अस्पताल पाल्पामा उपचार भइरहेको बताइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताइएको छ । अप्ठेरो बाटो र पानी परेका कारण उद्दारमा समस्या भएको प्रहरीलाई जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्