काठमाडाैँ। नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १७ वर्ष पुगेको छ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको त्यो घटना अझै रहस्यमय नै छ ।
नेपालको राजदरबारको इतिहासमा दरवार हत्याकाण्ड रहस्यमय नै रहेको छ । २०५८ साल जेठ १९ गते भएको घटना छानबिन गर्न गठित समितिको निचोडप्रति आम मानिस विश्वस्त हुन सकेका छैनन् । तत्कालिन सरकारले तारानाथ रानाभाटको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । सो समितिले घटनासँग जोडिएका पात्रहरूको बयानलाई आधार बनाएर प्रतिवेदन तयार पारेको थियो ।
घटना भएको स्थल त्रिभुवन सदनलाई २०६१ सालमा भत्काइ पाताल बनाइएको थियो । अहिले पुनः त्यसलाई साविककै रूप दिन निर्माणकार्य भइरहेको छ । त्रिभुवन सदनका सामग्री केही सुरक्षित छन् भने कतिपय कहाँ पु¥याइए लेखाजोखा छैन । हत्याकाण्डमा प्रयोग भएको हतियार नेपाली सेनासँग सुरक्षित छ ।