विराटनगरका मेयरको ‘एक्सन’विकासमा लापरवाही गर्ने तिनजना पक्राउ

<span class='c1'>विराटनगरका मेयरको ‘एक्सन’विकासमा लापरवाही</span> <span class='c2'>गर्ने  तिनजना पक्राउ</span>

प्रेम देवान, आवर विराटनगर डट नेट
विराटनगर १९ जेठ ।
विराटनगर महानगरपालिमा विकास निर्माणको कामले गति लिँदै गएको अबस्थामा विकासको नाममा गलत गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । विकासको काममा लापरवाही भएको भन्दै कतिपय स्थानमा चरम लापर्वाही भईरहेको पाएपछि आवर विराटनगर डट नेटले बारम्बार समाचार प्रकाशित गर्दै आएको छ । विराटनगमा अहिले भईरहेको विकास निमार्णको काममा चरम लापारबाही गरेर पैसा कुम्ल्याउने दाउमा रहेका ठेकेदार र त्यसमा संग्लन ठेकेदार कम्पनीलाई महानगरले भने कार्वाही गर्न सकेको थिएन ।
केही समय अघि पनि विराटनगरको मिल्स एरियाको नाला निर्माणको क्रममा चरम लापारवाहीका कारण बनाएको एकहप्ताममै नाला भत्किएको थियो ।
यसरी पक्राउ
शनिबार विराटनगर महानगरपालिकाका मेयर लगायत उनका सहयोगीहरु विराटनगमा भईरहेका विकास निर्माणको अनुगनमनमा निस्किएका थिए । अनुगमनकै क्रममा विराटनगरको ब्यस्त महेन्द्र चोकमा पक्की नाला बनाउने क्रममा गुणस्तरहिन काम भईरहेकोमा मेयर पराजुलीको आँखा पुग्यो ।  मेयरका प्रेस संयोजक कौशल निरौलाले आबर विराटनगरलाई भने, मेयर साबले त्यहाँको अबस्थाको बारेमा जानकारी लिनु भएको थियो, विकासको काममा लापरवाही गरेको पाईएपछि कार्वाही प्रक्रिया अघि बढाईएको हो । मेयर पराजुलीले तत्काल विकासको काममा चरम लापर्वाही भएको देखेपछि त्यसमा संलग्नलाई कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पत्र पठाईएको थियो । त्यसको केही बेरमा नै उनीहरुलाई पक्राउ गरीएको मेयरका प्रेस संयोजक निरौलाले बताए । पक्राउ पर्नेमा टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्तसहित सुपरभाइजर विनय साह र अर्का एक जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो ।
अनुगमन टोलीले सिमेन्ट नै नमिसाई बालुवाले मात्र ईट्टा जोडिरहेको फेला पारेको थियो । त्यसको केही बेरमा नै उनीहरुलाई काम भईरहेको स्थानबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यलय मोरङ लगिएको छ । सो साइटका ठेकेदार भने कृष्ण बोहोरा हुन् । उनी भने पक्राउ परको छैनन् । महानगरले टुण्डिरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्धय संजय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कार्वाहीको सिफारिस गरेको छ । पत्रको बोद्दार्थ व्यपारिक मार्ग विस्तार आयोजना सिक्सलेन सडक विभाग इटहरी सुनसरीलाई समेत पठाइएको छ ।
महानगरका प्रमुख पराजुलीले विकासको काममा चरम लापर्वाही गरेको पाइएपछि प्रशासनिक कार्वाहीको सिफारिस गरिएको बताए । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत महेन्द्र चोकदेखि वरगाछीको भागमा गुणस्तरहिन काम भएको र काममा ढिलाई भएको कारण कार्वाहीको सिफारिस गरिएको उनले बताए । कमसल सामान र गुणस्तरहिन काम गर्ने जो कोहीलाई नछाड्ने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्