बडी विल्डीङ्ग एण्ड फिटनेश नगर कमिटीमा डंगोल

<span class='c1'>बडी विल्डीङ्ग एण्ड फिटनेश</span> <span class='c2'>नगर कमिटीमा डंगोल</span>

विराटनगर १९ जेठ । नेप्लिज फेडेरसन अफ बडी विल्डीङ्ग एण्ड फिटनेश विराटनगरको नगर कमिटी गठन भएको छ । जसको अध्यक्षमा सागर डंगोल चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा मन्टि पासवान, उपाध्यक्ष किशन भगत, महासचिवमा अमर व्यास, सचिवमा सुजन लुईटेल, कोषध्यक्षमा अभिराज मिश्र, सह कोषाध्यक्षमा अनिल कुमार राजवशी चयन भएका छन् ।
विराटनगरको प्यासाफिक होटलमा शनिबार भएको निर्वाचनबाट सदस्यहरुमा रविन तामाङ, दिपक सिह, सुरेस राउत, अक्षय हलुवाई, त्यसैगरी महिला सदस्यहरुमा नेहा गिरी, सोमी कदम चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, नेप्लिज फेडेरसन अफ बडी विल्डीङ्ग एण्ड फिटनेश मोरङका अध्यक्ष अम्लेश कर्ण, बरिष्ठ उपाध्यक्ष दिपक शास्त्री, महासचिव नविन विक्रम साह, मोरङ बडी विल्डीङका सल्लाकार सुरेश भट्टराईले निर्वाचित पदाधिकरीहरुलाई आगामी कार्यकालको लागी बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्