युथ फर ब्लडको सातौ वार्षिकोत्सव,विराटनगरका तिन संस्था सम्मानित

<span class='c1'>युथ फर ब्लडको सातौ</span> <span class='c2'>वार्षिकोत्सव,विराटनगरका तिन संस्था सम्मानित</span>

विराटनगर, १९ जेठ ।
युथ फर ब्लडको बार्षिक उत्सवको अबसरमा बिराटनगरका ३ संस्थालाई सम्मान गरिएको छ । आरोहण गुरुकुल, लायन्स क्लब अफ विराटनगर युनाइटेड र अरनिको कलेजलाइ सम्मान गरिएको छ । रक्तदानको क्षेत्रमा सक्रिय युथ फर ब्लडको सातौ वार्षिकोत्सवको अवसरमा ती संस्थाहरुलाइ सम्मान गरिएको हो । समाजमा उल्लेखनीय कार्य गरेको तथा युथ फर ब्लडको जीवन जोगाउने अभियानमा सहयोग गरेको भन्दै उक्त सम्मान गरिएको हो ।
वार्षिकोत्सव कार्यक्रममा युथ फर ब्लडका मोरङ, सुनसरी र झापा जिल्लाका सदस्यहरु तथा आमन्त्रित अतिथिहरुको सहभागीता रहेको थियो । हिसानका केन्द्रिय उपाध्यक्ष तथा युथ फर ब्लडका केन्द्रिय सल्लाहकार भेषराज पोखरेलले युवाहरुको अभियानले समाजमा स्थापना कालदेखि नै उदाहरणीय कार्य गर्दै आएको बताउदै संस्थालाइ आगामी दिनमा सफलताका लागि शुभकामना व्यक्त गरे । हिसान मोरङका अध्यक्ष बलराम पन्त, युवा अभियन्ता बसन्त अधिकारी, अरनिको कलेजका प्रिन्सिपल राजेश कार्की, युथ फर ब्लडका संस्थापक सरोज कार्की, मोरङ जिल्ला अध्यक्ष लेशान्त सापकोटा, विभिन्न जिल्लाका प्रतिनिधिहरुले बार्षिक उत्सवको अबसरमा युथफर ब्लडको योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा युथ फर ब्लडका स्वयमसेवकहरु सहित विराटनगरको चर्चित नृत्य समुह टच डान्स स्टुडियोको टोलीले नृत्य प्रदर्शन गरेको थियो ।
कार्यक्रममा वर्ष २०७४ को उत्कृष्ठ स्वयमसेवकको रुपमा सुमन कार्कीलाइ सम्मान गरिएको छ । मेरिल्याण्ड कलेज विराटनगर, क्रिएटिभ आई, पन्चकन्या प्रिन्टर्सको सहयोगमा होटल श्रीकृष्णमा भएको कार्यक्रमको समापन युथ फर ब्लडका केन्द्रिय अध्यक्ष अतित गुरागाँइले गरेका थिए । कार्यक्रमको संचालन केन्द्रिय उपाध्यक्ष विवेक दाहाल र मोरङ जिल्लाका महासचिव भुमिका पाख्रिनले गरेको कार्यक्रमको संयोजन मनिसा साहले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्