यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने

<span class='c1'>यस बर्षको मनसुन विगतका बर्षहरु</span> <span class='c2'>भन्दा केही अगावै शुरु हुने</span>

काठमाडौं। यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ ।

अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ छ ।

भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरु भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने बताइएको छ ।

दक्षिय एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरु हुने मौसमी क्यालेन्डर तय गरेको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्