एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगरको तयारी, प्रदेश सभाले छिट्टै नाम र स्थायी राजधानी टुङ्ग्याउँदै

<span class='c1'>एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगरको तयारी, प्रदेश</span> <span class='c2'>सभाले छिट्टै नाम र स्थायी राजधानी टुङ्ग्याउँदै</span>

विराटनगर,२० जेठ ।
एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगर हुने लगभग पक्का भएको छ । लामो समयदेखि नाम र राजधानीको बिषयमा अल्झिएको एक नम्बर प्रदेश सरकार र प्रदेश सभाले अब छिट्टै नै नाम र प्रदेशको स्थायी राजधानी टुङ्ग्याउन लागेको हो । आवर बिराटनगरलाई प्राप्त जानकारी अनुसार एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगर नै बन्ने लगभग पक्का भएको छ । तर बाहिर नल्याईएको भएपनि मुख्यमन्त्री, मन्त्रीहरु, संसदीय दलका नेताहरु, सभामुख, उपसभामुख, तथा राजनैतिक दलका प्रमुखहरु बिराटनगरलाई स्थायी राजधानी बनाउने बिषयमा सहमती नजिक पुगेकाछन् । निर्णय भने भई नसकेको भएपनि स्थायी राजधानी बिराटनगर नै हुने लगभग पक्का भएको छ ।
बिभिन्न चरणमा फरक फरक स्थानमा भएको वार्ता र संवादबाट एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगरलाई नै तोक्ने बिषयमा सर्बसहमतीबाट निर्णय ल्याउने तयारी भईरहेको उच्च श्रोतले जनाएको छ । निर्वाचनमा जाने या अन्य बिधि अपनाउने भन्दापनि सबै दलको सहमतीबाट विराटनगरलाई स्थायी राजाधानी बनाउने भन्ने बिषयमा दलहरु सहमती नजिक पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्