सुन तस्कर मध्यका आरोपी छिरिङ वाङ्गेल घले पुर्पक्षका लागि जेल चलान

<span class='c1'>सुन तस्कर मध्यका आरोपी छिरिङ वाङ्गेल</span> <span class='c2'>घले पुर्पक्षका लागि जेल चलान</span>

विराटनगर, २० जेठ ।
सुन काण्ड तथा सनम शाक्य हत्या काण्डका अभियुक्त मध्यका डा. डेविट भन्ने छिरिङ वाङ्गेल घले पुर्पक्षका लागि जेल चलान भएका छन् । आज जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले छिरिङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
हराएको भनिएको साढे ३३ किलो सुनसँगै जोडिएको ३८ क्विन्टल सुन तस्करी तथा मोरङका सनम शाक्य हत्याकाण्डका अभियुक्त घले आज बिहान अदालतमा आफै हाजिर हुन आएका थिए । उनलाई दिनभर अदालतले १० पेजको बयान लिएपछि थुनछेक बहस भएको थियो । थुनछेक बहसमा छिरिङका तर्फबाट वरिष्ठ अधिवक्ता बिश्व भट्टराई र अधिवक्ता सरोज अधिकारीले बहस गरेका थिए भने सरकार वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले बहस गरेका थिए । अदालतले लिएको बयानका आधारमा छिरिङले आफ्नो सुन काण्डमा संलग्नता नरहेको भन्दै आफ्नो बचाउ गरेका छन् । उनलाई आजै संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.बं. ११८ को देहाय २ बमोजिम मोरङ कारागारमा राख्न आदेश दिईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्