घर फोडेर भित्र पसेको चोरले केही नभेटेपछि……, विराटनगरमा दुले चोरको बिगबिगी

<span class='c1'>घर फोडेर भित्र पसेको चोरले केही</span> <span class='c2'>नभेटेपछि……, विराटनगरमा दुले चोरको बिगबिगी</span>

प्रेम देवान
विराटनगर २० जेठ ।
चोरको चोर्ने बारेमा एउटा मात्र टाउ हुँदैन । बिभिन्न उपाय लगाएर चोर्नको लागि पुग्ने गरेको हुन्छ, तर चोर्नको लागि गईसकेपछि भने उसको एउटै उदेश्य हुन्छ कसरी चोर्न पाईन्छ भन्ने । समय सधै एकै खालको हुदैन भने झै चोरलाई पनि चोर्न गएको समयमा समय ठगेछ । के – के चोरीने भयो भन्दै चोर्न पुगेका चोरहरु अन्तत आफै फिस्स परेर फर्केका छन् ।
नेपाल ईन्जीनियर्स एसोसिएसन क्षेत्रिय केन्द्र विराटनगको कार्यलयमा ग्रिलको ताल्चा तोडेर चोर्न पसेका चोरहरु ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनै झै भएका छन् । ठुलै दाउमा चोर्न पुगेका चोरहरुले कार्यलयमा कागजपत्र बाहेक अरु केही नभेटेपछि पश्चाताप मान्दै फर्किए ।
विराटनगर १० बंगालामुखी मार्गमा रहेको एसोसिएसनको क्षेत्रिय केन्दमा शनिबार मध्यराती ग्रील र ढोकाको ताल्चा फुटाएर चोरहरु भित्र चोर्न पुगेका थिए । चोरी भएको स्थानियबासीले थाहा पाएपछि नेपाल ईन्जीनियर्स एसोसिएसनका पदाधिकारीलाई आईतबार खबर गरेका थिए । नेपाल ईन्जीनियर्स एसोसिएसनका पदाधिकारीले कार्यलयमा आएर हेर्दा ग्रील र अफिसको ढोकामा लगाएका ताल्जा फुटाएर भित्र प्रवेश गरेको फेला पारे । नेपाल ईन्जीनियर्स एसोसिएसनका पदाधिकारीले तत्कालै मोरङ प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले तत्काल कार्यलयमा पुगेर हेर्दा केही पनि चोरी नभएको बताएको छ ।
नेपाल ईन्जीनियर्स एसोसिएसन क्षेत्रिय केन्द्र विराटनगका अध्यक्ष अम्लेश्वर ठाकुरका अनुसार ‘चोरहरु खास गरी कार्यलयमा कम्प्युटर र ल्यापटप लगायत अन्य सामान चोर्न भनि आएका हुनुपर्छ, तर कार्यलयमा केही नभेटेपछी रित्तै फर्केर गएको हुनुपर्छ ।’
चोरहरुले कार्यलय भित्र दराजमा रहेका कागजपत्रहरु छरपस्ट पारेर त्यतिकै हिडेका थिए । पछिल्लो समय विराटनगरमा दुले चोरहरुको विग–विगी बढ्दै गएको छ । मोरङ प्रहरीले गस्ती नखटाईदिँदा चोरीका घटनाहरु बढ्दै गएकाले स्थानियवासीहरु प्रहरी प्रति आक्रोशित बन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्