ईटहरीमा सिजन पक्राउ, विराटनगरको संसद बैठकमा कांग्रेसको हंगामा

<span class='c1'>ईटहरीमा सिजन पक्राउ, विराटनगरको</span> <span class='c2'>संसद बैठकमा कांग्रेसको हंगामा</span>

विराटनगर, २१ जेठ ।
केही दिन अघि मात्र सुनसरीको ईटहरीमा एउटा जग्गाको विवाद भयो । जग्गा विवादमा बिषय थियो सुनसरीका तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङ मुछिए । सामान्य परिवारका नागरिकलाई दुःख दिने धम्क्याउने तर्साउनेसम्मको काम भए । तरहराकी एक महिलाको जग्गा हडपेर भाडा उठाउँदाको बेलामा भएको विवादमा कुटपिटका बिषयमा पक्राउ परेका सिजन गुरुङलाई अहिले प्हरीले अनुसन्धानमा राखेको छ । विवादित छवीका तरुण दलका नेता गुरुङको बिषयलाई लिएर आईतवार प्रदेश सभामा दुई प्रमुख सचेतक केदार कार्की र बुद्धीकुमार राजभण्डारी बिच घम्साघम्सी नै प¥यो । त्यही बिषयलाई लिएर कांग्रेसले प्रदेश नम्बर १ मा गलत संस्कारको शुरुवात गरेको छ, अपराधमा संलग्न सिजनको बचाउ गर्दै प्रदेश सभाको रोष्टम घेराउ गरेर । महिला माथि कुटपट गरी ज्यान मार्नेसम्मको धम्की दिएपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो ।
सिजनको रिहाईमा कांग्रेस  
प्रदेश सभाको ४१ औ बैठक चल्दासम्म मौन बसेका प्रमुख प्रतिपक्षी दल कांग्रेसले आईतवार रोष्टम घेराउ गर्यो । सुनसरीमा पक्राउ परेका तरुण दलका नेतालाई गैह्र कानुनी रुपमा थुनामा राखेको भन्दै प्रतिपक्षी सांसदले आपत्ती जनाएका थिए। बिनियोजन बिधेयक २०७५ का शिद्धान्त र प्राथमिकताका आधारमाथिको छलफलकालागि प्रस्ताव पेश गर्दा पहिलो पटक हुन्न भन्ने आवाज निकालेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आईतवार आफ्नो उपस्थिती देखाउनको लागि रोष्टम नै घेराउ गर्न पुग्यो । दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाईएको थियो । बैठक संचालन गर्न अनिवार्य मन्त्री आउनु पर्ने भएकाले कुर्दा कुर्दै साढे १ बजेको थियो। निर्धारित समय भन्दा आधाघण्टा ढिलोगरी शुरु भएको बैठकमा सभामुख प्रदिपकुमार भण्डारी प्रवेश गरी बैठकको कार्वाही अघि बढाउने घोषणा गर्न साथ प्रमुख प्रतिपक्षी दलका सदस्यहरु रोष्टम घेर्न पुगेका थिए । सभामुख भण्डारीले पटक पटक सदस्यहरुलाई आफ्नो ठाउँमा गएर बस्ने भनेका थिए । त्यसबेला सत्ता पक्षका बेन्चमा बसेका सदस्यहरुले एक आपसमा मुखामुख गरिरहेका थिए । पटक पटक बस्नलाई गरिएको आग्रहलाई नमानेपछि सभामुख भण्डारीले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई २ मिनेट भित्र आफ्नो कुरा राख्न आनुरोध गरे । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले रोष्टमा गएर आफ्ना कुरा राख्न थाल्दा समेत सदस्यहरु अगाडी नै उभिई रहेका थिए । सभामुखले फेरी बस्न आग्रह गरेपछि सिटमा गएर उनीहरु बसेका थिए । त्यसो भईरहँदा सत्तापक्षका सदस्यहरुले हाँसिरहेका थिए । केही सदस्यहरु भने बल्ल सदन जस्तो लाग्न थालेको भन्दै प्रतिपक्षीले गर्ने भनेको नै यही हो भन्दै थिए ।
कार्कीले सरकारले सुनसरी जिल्ला तरुण दलका सभापति एवम कांग्रेसका महासमिति सदस्य सिजन गुरुङलाई बिना कारण पक्राउ गरि गैेह्र कानुनी थुनामा राखेको भन्दै सरकारसँग गुरुङलाई थुनामा राख्नुको कारण माग गरेका थिए । करिब २ मिनेट बोलेका कार्कीको भनाई सक्नासाथ फेरी कांग्रेसका सदस्यहरु रोष्टम घेर्न पुगेपछि सभामुख भण्डारीलले १० मिनेटको लागि बैठक स्थगन गरेको घोषणा गरेका थिए । गुरुङलाई ८ दिन अघि ईटहरीमा भएको जग्गा बिवादका क्रममा प्रहरीले पक्राउ गरेको थियो । गुरुङलाई मुक्त गर्न माग गर्दै कांग्रेसले सुनसरीमा प्रदर्शन गर्दै आएको छ । एकजना गलत छबी भएका ब्यत्तिः पक्राउ परेको बिषयमा कांग्रेसले एक नम्बर प्रदेश सभामा गरेको रेष्टम घेराउले गलत म्यासेज गएको केही सांसदहरुले आरोप लगाउँदै थिए । महत्वपुर्ण बिषयमा रोष्टम घेर्नु ठिकै भएपनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका सिजन गुरुङको बिषय सदनमा उठाउनु सकारात्मक भएपनि रोष्टम घेराउको बिषय नै त्यति सारो जायज नभएको टिप्पणी भएको छ।
दुई सचेतकको विवाद
सदन स्थगित भएपछि सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकलाई सभामुख भण्ण्डारले आफ्नो कार्यकक्षमा बोलाएका थिए । सभामुखको कार्यकक्षमा भएको वार्तामा एमालेका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारी र कांग्रेसका सचेतक केदार कार्की बिच चर्को विवाद भएको थियो । उनीहरु बिच विवाद बढेपछि मर्यादा पालकहरु सभामुखको कार्यकक्षमा प्रवेश गरेका थिए । सभामुख भण्डारीले २ जनाको विवाद मिलाएपछि सदन फेरी चलेको थियो । स्थगन भएको १५ मिनेट पछि बैठक फेरी संचालन भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की प्रदेश राजधानी भन्दा बाहिर रहेकाले उनीआएपछि गुरुङको बारेमा प्रष्ट पार्ने सहमती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्