बिराटनगरको एउटा ब्यस्त सडकको अवस्था यस्तो छ !!

<span class='c1'>बिराटनगरको एउटा ब्यस्त सडकको</span> <span class='c2'>अवस्था यस्तो छ !!</span>

बिराटनगर जेठ २१ , बिराटनगरमा सडकको दुर्दशाको समाचार दैनिक पत्रिका , टेलिभिजन र अनलाइनहरुमा आउने गरेको छ । बिराटनगर महानगरपालिका भैसकेको अवस्थामा पनि सडक भने कुनै अविकसित ठाउको जस्तो छ । यस बिषयमा बिराटनगर महानगरपालिकाले ध्यान दिएर पनि नभएको वा   नसकेको हो कि काम नगरेको हो , जनता अलमलमा छन् ।

[caption id="attachment_55980" align="alignnone" width="1008"] सडकको अवस्था, तस्बिर : सुनिता अर्याल[/caption]

बिराटनगरको ब्यस्त मानिने जलजाला रोड देखि पश्चिम धरान रोड जाने सडकको अवस्था हेर्नुभयो भने , बिराटनगर त महानगरपालिका हैन , कुनै टाढाको ठाउँ जहाँ स्थानीय निकाय पनि छैन जस्तो अनुभूति हुन्छ। बिराटनगरको प्रमुख ब्यापारिक केन्द्रको सडक यस्तो हुदा दैनिक सयौ सर्वसाधारण हिलोमा हिड्न बाध्य छन् , दैनिक दर्जनौ सवारीसाधन त्यहाँ चिप्लिएर लडिरहेको स्थानीय व्यापारी बताउछन ।

उक्त सडकमा व्यापार गर्ने व्यापारीहरुको ठुलो गुनासो पोख्छन  , उक्त सडकको अवस्थाले व्यापारमा पनि घाटा लाग्ने अवस्था आइसकेको भन्ने । बिराटनगरको व्यस्त सडक मध्ये यो सडक चाडै सुधार हुनेछ भन्ने हाम्रो पनि अपेक्षा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्