प्रदेश नं.१ का संसदले भने “गाउँ–गाउँमा सिंहदरबारको नारा बेकार”

<span class='c1'>प्रदेश नं.१ का संसदले भने</span> <span class='c2'>“गाउँ–गाउँमा सिंहदरबारको नारा बेकार”</span>

विराटनगर । प्रदेश नं.१ को संसद बैठकले गाउँ–गाउँमा सिंहदरबारको नारा बेकार भएको बताएका छन् । संसद बैठकको शुन्य समयमा बोल्ने बहुसंख्यक सांसदहरुले गाँउमा विकास नभएपछि गाउँ–गाउँमा सिंहदरबार भन्ने नारा बेकार भएको बताएका हुन् ।
संसदमा सांसद बिमल कार्कीेले सप्तकोशी नदीको बाँध कच्चा भएकाले उदयपुरबासी बाढीको जोखिममा परेको बताए । उनले सप्तकोशी नदीको बाँध बलियो बनाएर जिल्लालाई सुरक्षित बनाउन माग गरे ।

सांसद सर्वध्वज साँवाले ईटहरीमा अवस्थित जनता क्याम्पसलाई प्रदेश स्तरीय विश्वविद्यालय बनाउन माग गरे ।

सांसद बिन्दिया कार्कीले महिलाको नामबाट अझै नागरिकता नदिईएको गुनासो गरिन् । उनले भनिन्, “नागरिकता पाउन योग्यले नपाउँदा पढ्न र जागिर खान समस्या भएको छ।” अर्का सांसद काजिमान कागतेले गाँउ–गाँउमा सिंहदरबार भन्ने नारा नै बेकार भएको बताए । उनले कृषि क्षेत्रको सरकारी सेवा सुविधा पहुँचवालाले मात्र लिएको आरोप लगाए ।

(बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्