विराटनगर चल्ने नाइट बसका चालक मदिरा सेवन गरेर बस चलाउने गरेको रहस्य

<span class='c1'>विराटनगर चल्ने नाइट बसका चालक मदिरा</span> <span class='c2'>सेवन गरेर बस चलाउने गरेको रहस्य</span>

काठमाडौं, २२ जेठ । लामो दूरीका नाइट बसका केहि चालकले मदिरा सेवन गरेर बस चलाउने गरेको रहस्य खुलेको छ । तीन दिनयता प्रहरीले गरेको  चेकजाँचका क्रममा मदिरा सेवन गरेर बस चलाउने गरेकाे भेटिएको हो ।

प्रहरीका अनुसार आइतबार काठमाडौं–बेनी चल्ने ध१ख ६१३ नम्बरको बसका चालक युव बहादुर सापकोटा र काठमाडौं भैरहवा चल्ने नाइट ना६ ख १०८० नम्बरको बसका चालक किरणमणि भुजेललाई मदिरा सेवन गरेको पाइएपछि नियन्त्रणमा लिइएको छ । सोहि दिन प्रहरीले काठमाडौं–रौतहट चल्ने रन्जित सिंहलाई पनि नियन्त्रणमा लिएको थियो ।
यसैगरी सोमबार कलंकी-पोखरा चल्ने ग १ य ६६० नम्बरको पर्यटक बसका चालक सुक बहादुर दमाई र लु२ख १३९ नम्बरको काठमाडौं- भैरहवा चल्ने नाइट बसका चालक दीपक श्रेष्ठ लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी आज मंगलबार प्रहरीले काठमाडौं -दाङ चल्ने ना६च १५६१ नम्बरको नाइटबसका चालक कुमार बस्नेत र काठमाडौं -विराटनगर चल्ने ना६ ख १५६१ नम्बरको नाइट बसका चालक संशेर थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालकले मदिरा सेवन गरेर गाडी चलाउने गरेको गुनासो आएपछि पछिल्लो दिनमा प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्