विराटनगर महानगरको राजश्वमा गिरावट, स्थानीय सरकारको प्रगती देखिएन

<span class='c1'>विराटनगर महानगरको राजश्वमा गिरावट,</span> <span class='c2'>स्थानीय सरकारको प्रगती देखिएन</span>

विराटनगर, २३ जेठ ।
विराटनगर महानगरपालिकाको अनुमानित राजश्व संकलनमा गिरावट आएको छ । महानगरपालिकाको चालु आर्थिक बर्षमा आन्तरिक श्रोतबाट २७ करोड १४ लाख ४० हजार रुपैयाँ राजश्व भित्र्याउने लक्ष्य थियो । चैत १५ सम्ममा १९ करोड ७७ लाख ५५ हजार ७ सय २२ रुपैयाँ मात्र भित्रिएको छ। स्थानीय तहमा राजश्व ७ शिर्षकमा भित्रिन्छ । घरजग्गा कर, ब्यवसाय कर, विज्ञापन कर, सवारी पार्किङ कर, दण्ड जरिवाना, धरौटी जफत र नक्सापास दस्तुर सहित बिभिन्न आय शिर्षकबाट भने अनुमानित कर भन्दा आधा कर संकलन भएको छ ।
लिलामी बिक्री, भाडा तथा बहालवाला आय, धरौटी जफत, पेश्की फिर्ता स्थानीय कर, दस्तुर बिक्री शिर्षकमा भारी गिरावट आएको छ ।चालु आर्थिक बर्षमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएको र प्रादेशिक नियम र ऐन निर्माण नभएकाले अनुमानित राजश्व संकलन प्रभाबित भएको विराटनगर महानगरपालिाक वितीय ब्यवस्थापन महाशाखाका प्रमुख अर्जुन थपलियाले बताए ।
स्थानीय तहको निवार्मचन सम्पन्न भएपछि निर्माण भएको स्थानीय सरकारले सबैलाई करको दायरामा ल्याउन बिभिन्न प्रकारका निर्णय समेत गरेको उनले बताए । थपलियाका अनुसार कर नतिर्ने ब्यक्तिहरुलाई महानगरले कुनै सिफारिस नगर्ने र र योजना विकासका काम गर्न नदिनुका साथै उपभोक्ता समितिमा समेत निर्णय गरिएको छ ।
ब्यवसाय कर २ करोड ७० लाख संकलन गर्ने लक्ष्य राखिएको भएपनि एक करोड ४३ हजार मात्र संकलन भएको छ । महानगरले ब्यवसाय कर संकलनका लागि टोली नै परिचालन हुने जनाएको छ । भीम पराजुली मेयरमा जितेपछि उनले राजश्वको थुप्रै श्रोत भएको भन्दै संकलनमा कडाईका साथ लागु गर्ने, महानगरलाई ब्यवस्थित गर्ने, सफा सुग्घर र हरियाली बनाउने योजना सार्बजनिक गरेका थिए । तर योजना कागज मै सिमित भएको नगरवासीले आरोप लगाएका छन् ।उद्घोष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्