विराटनगरको गोल्डेन अस्पताल र श्री अस्पतालद्धारा श्रम शोषणा

<span class='c1'>विराटनगरको गोल्डेन अस्पताल र</span> <span class='c2'>श्री अस्पतालद्धारा श्रम शोषणा</span>

विराटनगर, २४ जेठ ।
विराटनगरको गोल्डेन अस्पताल र श्री अस्पतालले श्रम शोषण गरेको पाईएको छ । श्रम कार्यालय बिराटनगरबाट गएको टोलीले अनगमनको क्रममा श्रम शोषणा गरेको फेला पारेको हो । अनुगमनको क्रममा दुबै अस्पतालले श्रम ऐनले तोकेको भन्दा कम तलव दिएको र श्रम ऐन कार्यान्वयन नभएको पाईएको हो । श्री अस्पताल र गोल्डेन अस्पतालमा लामो समय देखि कार्यरत नर्स अनमीहरुले श्रम ऐनले तोके बमोजिमको तलव सेवा सुबिधा नपाएको र उनीहरले नियुक्ती पत्र समेत नपाएको अनुगमनको क्रममा बताएका छन् । श्री अस्पतालमा डेढ बर्षदेखि कार्यरत एक अनमीले अनुगमन टोलीसँग काम गरेको लामो समय भएपनि नियुक्ति पत्र नदिएको गुनासो गरेका थिईन् । दैनिक १० देखि ५ बजेसम्म काम गरेको भएपनि मासिक तलव भने ८ हजार मात्र दिने गरेको बताइन् । श्री अस्पतालमा काम गर्दै अधिकांश नर्स र अनमीको तलव ८ हजार मात्र रहेको अनुगमन टोलीले फेला पारेको हो ।
श्री अस्पतालमा ३४ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्य अधिकांश कर्मचारीले न्युनतम तलव र सुबिधान नपाएको अनुगमनको क्रममा फेला परेको श्रम कार्यालय बिराटनगरका प्रमुख मणीनाथ गोपले बताए । श्रम नियमावली अनुसार कार्यरत श्रमिकको न्युनतम तलव ९ हजार ७ सय तोकिएको छ । तर बिराटनगरका नाम चलेका अस्पतालहरुले श्रम ऐनले तोके अनुसारको तलव र नियुक्तिपत्र नदिई काममा लगाएको पाईएको प्रमुख गोपले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्