प्रदेश सभा सांसदको आचरण अनुगमन समिति निर्माण

प्रदेश सभा सांसदको आचरण अनुगमन समिति निर्माण

विराटनगर, २५ जेठ ।
प्रदेशसभा सांसदको आचरण अनुगमन समिति निर्माण भएको छ । १ नम्बर प्रदेशसभाको प्रदेशसभा संचालन नियमावलीको नियम १८० बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको नेतृत्वमा ७ सदस्यीय समिति निर्माण भएको हो । नियमावली अनुसार प्रदेशसभाका सभामुख प्रमुख, उपसभामुख उपप्रमुख, अन्य सांसदहरु ५ जना र प्रदेशसभा सचिवालयका सचिव, सदस्य सचिव रहनेगरी समिति निर्माण हुने उल्लेख छ । सोही नियमावली अनुसार बनेको समितिका सदस्यहरुमा इन्द्रमणी पराजुली, तुलसीप्रसाद न्यौपाने, नारायणबहादुर मगर, शेखरचन्द्र थापा र राधा थापा र प्रदेशसभाका सचिव केदारप्रसाद पनेरु रहनु हुने भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त समिति निर्माणसम्बन्धी सभामुखले राखेको प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्