५० बर्षिय श्रीमती अर्कैसँग गएपछि, श्रीमानको यस्तो कर्तुत..

<span class='c1'>५० बर्षिय श्रीमती अर्कैसँग</span> <span class='c2'>गएपछि, श्रीमानको यस्तो कर्तुत..</span>

विराटनगर, २७ जेठ ।
संखुवासभाको मकालु गाउँपालिका ३ का धर्मनाथ राईले श्याममायाँ राईको बायाँ हात र दायाँ हातको ३ वटा औला काटिदिएका छन् । आफुलाई छाडेर अर्कैसँग विहे गरेको भन्दै ६५ बर्षिय धर्मनाथले धारिलो हतियार प्रहार गरी ५० बर्षिय श्याम मायाँको हात र औला काटेका हुन ।
करिव ३ महिना अघि श्रीमतीले आफुलाई छाडेर गाउँकै एकराज राईसँग दोश्रो विवाह गरेपछि धर्मनाथले अनेक धम्की दिने गरेका थिए । एकराजको अलैँची बगानमा रहेको कटेरोमा बसिरहेकी श्याममायाँलाई बाहिर निकालेर अचानोमा राखेर धर्मनाथले पुर्ब पत्नीको दायाँ हातको पाखुरा मुनी र वायाँ हातको औला काटेको प्रहरीले जनाएको छ । घटना पछि धर्मनाथ फरार भएका छन् भने सोही घटनामा संलग्न २३ बर्षिय अजय राईलाई प्रहरीले पक्राउ गरेको छ । घटना जेठ २२ गतेको भएपनि पछि मात्र सार्बजनिक भएको प्रहरीले जनाएको छ । (जनबिद्रोह दैनिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्