नेकपासँग संघीय समाजवादीको एकिकरणको बिषयमा छलफल भएको हो : प्रचण्ड

<span class='c1'>नेकपासँग संघीय समाजवादीको एकिकरणको बिषयमा</span> <span class='c2'>छलफल भएको हो : प्रचण्ड</span>

विराटनगर, २७ जेठ ।
नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संघीय समाजवादी पनि नेकपामा एकिकरण हुने बिषयमा छलफल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एक हुने बिषयमा छलफल भएपनि त्यो तत्काल सम्भव भने नभएको स्पष्ट पारे । संघीय समाजवादीलाई सरकारमा ल्याउने बितिकै पार्टी एकिकरण गर्नु पर्छ भन्ने कुरा नभएपछि यही बिषयमा बिभिन्न चरणमा छलफल भने भएको बताएका हुन ।
उनले अहिलेको अबस्थामा राजपालाई पनि सरकारमा ल्याउने बिषयमा छलफल भईरहेकोले उनीहरुसँग पनि बिभिन्न चरणमा छलफल भईरहेको बताए । ‘उहाँहरुसँग पनि छलफल भएको छ, उनले भने, सरकारमा ल्याउने बिषयमा सकारात्मक देखिनु भएको छ।’
काममा समस्या गर्ने गुणस्तरहिन काम गर्ने जो कोहीलाई पनि कार्वाही गर्ने बताए । फरक प्रसंगमा अध्यक्ष प्रचण्डले कसैले संघीयता असफल हसन्छ भन्छ भने त्यो अत्युक्ति नहुने जिकरि गरे । केही पुराना नेतृत्व वा कर्मचारी मानशिकताबाट त्यस्तो तर्क गर्छन् भने त्यो बुझाई ठिक हैन गलत भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्